साहित्य शृङ्खला, पोखराको २३५ औं नियमित रचना वाचनमा पारिजातको ब्यक्तित्व कृतित्व माथि परिचर्चा
675 Views
साहित्य शृङ्खला, पोखराको २३५ औं नियमित रचना वाचनको शृङ्खला एबम २९ औं पारिजात स्मृतिको अवसरमा पारिजातको ब्यक्तित्व कृतित्व माथि परिचर्चा कार्यक्रम एक भब्य समारोह बिच सम्पन्न भयो पारिजातको जिवनी, कृतिहरु माथि बरिस्ठ साहित्यकार एबम समालोचक प्राध्यापक डाक्टर रबिलाल अधिकारिले पारिजात शारिरिक रुपमा अशक्त भए पनि शारिरिक कमजोरीलाई आफ्नो सपनाको बाधक बन्न नदिई साहित्य सृजना निरन्तर गर्दै आफ्नो जिवन नेपाली साहित्यलाई पुरै दिएको प्रसङ्ग उल्लेख गर्नु भएको थियो । प्रकृतिलाई माया गर्ने, सौन्दर्यप्रेमी, सुधारबादी, मानवताबादी सोच भएकि साहित्य लेखन, समाजसेवा मा सकृय रहिरहने महिला हस्ती भएको र सम्पुर्ण महिलाहरुका लागि प्रेरणाको श्रोत र उनलाई बुझ्न समेत सो अबसरमा सुझाउनु भएको थियो ।
साहित्य शृङ्खलाका संस्थापक परिकल्पनाकार धन प्रसाद तामाङले पारिजात आफु पनि ससक्त महिला हस्ती त्यस माथी पनि कम्युनिस्ट आन्दोलनका हिरो निर्मल लामाको सङ्गतले अझै उनलाई बिचारमा परिपक्वता ल्याउन मद्धत पुगेको कुरा सो अबसरमा खुलेर प्रसंसा गर्नु भएको थियो ।
शृङ्खलाका सल्लाहाकार एबम परिश्रमी प्रतिभा पुरस्कारका स्थापनाकार नारायण परिश्रमी ले अङ्ग्रेजी भाषामा पारिजातको यथार्थ जिवनी, कृतिका बारेमा छोटो लेखमा पनि सम्पुर्ण बिबरण उतारेर उपस्थित दर्शक श्रोताहरुलाई प्रट्याउनु भएको थियो ।
कबि नुमराज बरालले मिठो लय भरेर पारिजात सम्बन्धि रचना सुनाउनु भएको थियो ।त्यस्तै गण्डकी प्रज्ञा प्रतिष्ठान कि प्राज्ञ छन्दिका त्रीपाठीले पनि मिठो स्वरमा पारिजात का रचना अनि छन्दमणी त्रीपाठीको शब्द रचनामा रहेको सिमाका कथा शार्दुल बिकृडित छन्दमा सुरिलो स्वरमा गाउँदा सबै दर्शक श्रोता मन्तमुग्धभएका थिए ।
गितान्जली साहित्य परिवारका अध्यक्ष एबम महाकबि रामनाथ अधिकारी संगीले नया बर्षको कबिता सुनाउनु भएको थियो । निवर्तमान अध्यक्ष लोकनाथ पुडासैनी र सल्लाहाकार बिष्णु अल्पबिरामले समसामयिक सामाजिक चेतना जगाउने लघुकथा बाचन गर्नु भएको थियो ।
गिता तिवारी , चन्द्रावती वाग्ले , सन्तोष न्यौपाने, सन्तोष पौडेल , प्रबिना पौडेलले जोशिलो कबिता, मुक्तक बाचन गर्नु भएकोथियो ।
संस्थाका कोषाध्यक्ष लक्ष्मण गौतम हिमालीले पारिजात को जिवनि मिसिएको मार्मिक गिति रचना सुनाउनु भएक थियो ।
संस्थाका उपाध्यक्ष एबम सृजना आलोक शृङ्खला का सम्पादक तारा प्रसाद तिमिल्सिनाले स्वागत मन्तब्यका साथ ‘हातमा घडि छ’ रमाइलो प्यारोडि गित गाएर शुरुमै हल तताइदिनु भएको थियो ।
संगम सांस्कृतिक मन्च, नेपालका सचिव बिकास लुङ्गेली र डि बि बान्तवाले संगित मार्फत उपस्थित दर्शक श्रोतालाई स्वागत गर्नु भएको थियो र बिच बिचमा पारिजात दिदि हाम्री बोलका गित सहित बिच बिचमा चेतना गितहरु गाएर मनोरन्जन समेत दिनु भएको थियो ।
सचिव काजी गाउँलेको सन्चालनमा भएको कार्यक्रमको अध्यक्ष लक्ष्मी थापाले गर्नु भएको थियो ।





प्रतिक्रिया दिनुहोस