साहित्य शृङ्खलाको २७७औं नियमित रचना वाचन कार्यक्रम पोखरामा
1113 Views
कास्की,१ कार्तिक। साहित्य शृङ्खला पोखराको नियमित रचना वाचनको २७७औं शृङ्खला २०८२कार्तिक १ गते शनिवारका दिन पश्चिमाञ्चल मा बि ,गैह्रापाटन पोखराको सभाहलमा तिहार विशेष गित,कबिता,कथा र स्रस्टाहरुको अब्बल रचना वाचन सहित विशिष्ट साहित्यकारहरुको उपस्थितिमा भब्य रुपमा सम्पन्न भयो।
कार्यक्रममा संस्थाका सल्लाहाकार ,दर्शनशास्त्री बामबुद्धिजीवी रामराज रेग्मीले तिहारका बारेमा मिथक,अन्धबिस्वास,रुढीबादी परम्परा र दिपावलीको महत्वका बारेमा प्रकाश पार्नुभएको थियो।
” तिहारका बारेमा थुप्रै किंबदन्ती ,मिथकता छन।हाम्रो दिमागमा भ्रम सृजना गर्नका लागि धेरै अपुष्ट बनावटी कुरा भरिदिएका छन त्यसैलाई हामिले पत्याउदै यो पर्व मानिरहेका छौं।समाजशास्त्रीय अध्ययन गर्दा भित्री कुराहरु फरक छन भन्दै
यो किसानहरुको पर्व हो,किसानहरुको चाड हो।मनसुनी देशमा धानको खेती भित्र्याउने,थन्क्याउने,हिउदे बाली लगाउने बेला नभएको र यो बेला फुर्सदको वातावरण र आराम गर्ने बेलालाई लिएर यो पर्व मनाउन थालिएको हो”भन्ने कुरा प्रस्ट पार्दै आदिम समयमा आफ्ना आफ्नै बिचमै यौन सम्बन्ध हुने गरेको। पछिल्लो समयमा गोत्र,हाडनाता छुट्याउदै आफ्ना दिदी भाइ दाजु बहिनीहरुका बिचमा एकले अर्कालाई पुज्ने चलन
भएकाले भाइटिकाको शुरुवात भएको कुरा सो अबसरमा बताएका थिए।
नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभासदस्य नारायण मरासिनीले पनि दिपावलीको बारेमा आफ्ना धारणा ब्यक्त गर्दै स्रस्टाहरुका रचनाले अझै समाज परिवर्तन गर्न सघाउने कुरा बताउनुभएको थियो।उपस्थित स्रस्टाहरुको रचनालाई प्राज्ञ मरासिनीले मिहिन रुपमा समीक्षा गरेका थिए।
सल्लाहकार नारायण परिश्रमीले जेन्जिका बिषयमा उत्खनन गरेका थिए।जेन्जिको अबधारणा ,शिद्धान्त ,धरातल के हो ?पार्टिहरुका हेर्ने हो भने आ आफ्नै सिद्धान्त ,अबधारणा हुन्छन,नेतृत्व हुन्छ, त्यही अनुसार पार्टिहरु अगाडि बढेका हुन्छन।बास्तवमा यो जेन्जीको शैद्धान्तिक अबधारणा ,स्वरुप,धरातल के हो?यिनिहरुको नया शिद्धान्त छ भने लिखित रुपमा पाएका छैनौं,यो बिध्वंस मात्र हो कि?शैद्धान्तिक रुपमा आएका होइनन कि भन्ने संका गर्दै शार्दुल बिकृडित छन्दमा समयसपेक्ष कबिता बाचन गरेका थिए ।अर्का सल्लाहाकार धन बहादुर नेपालीले नया परिबेशका गहन शब्दहरु समाबेश गर्दै देउसी भट्याउदा तिहारको उल्लासमय बातबरणमा थप रोचकता थपिएको थियो।
संस्थापक स्ट्रगल राना,सङ्गम सांस्कृतिक मन्चका अध्यक्ष काजी गाउँले,सङ्गमका सचिव बिकास लुङ्गेलीले तिहार बिशेष जनबादी गित हरु प्रस्तुत गरेका थिए।लघुकथा प्रतिष्ठानका अध्यक्ष कल्याण पन्तले प्रेम शिर्षकको रोचक सामाजिक यथार्थता बोकेको लघुकथा सुनाएका थिए।प्रतिष्ठानकै सचिव बिष्णु प्रसाद बास्तोलाले पनि सुन्दर लघुकथा नै पस्केका थिए।
बुद्धिजिवी बिद्या बिमल बराल,संस्थाकी नि बर्तमान लक्ष्मी थापा, पुर्व अध्यक्ष लोकनाथ पुडासैनी,लक्ष्मी प्रसाद पौडेल,छबिलाल आचार्य ,प्र ले स कास्की अध्यक्ष छवि सुवेदी’बिजयी`समसामयिक मिठा कबिता सुनाएका थिए।कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालका केन्द्रीय सल्लाहाकार रामजी थापा,शृङ्खलाका परिकल्पनाकार धन प्रसाद तामाङ,अग्रधार टि भिका सम्बादाता राम घले परियार,सुन्दर
तामाङ,मुक्तिनाथ अधिकारी लगायतका विशिष्ट महानुभाबहरुको उपस्तिथि रहेको थियो।
सो अबसरमा राम घलेले आफ्नो बुवाको काजकृया परम्परागत नगरी प्रगतिशिल तरिकाले गर्नु भएको र बुवाप्रती श्रद्धाञ्जली अर्पर्ण गर्दै राम घले लगायत परिवारजनमा शृङ्खलाले समवेदना प्रकट गरेको थियो।लक्ष्मण गौतम हिमालीको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन काजी गाउँलेले गर्नु भएको थियो ।





प्रतिक्रिया दिनुहोस