लमजुङमा उज्यालो नेपाल पार्टीको प्रथम जिल्ला भेला सम्पन्न, असुर्बी गुरुङको अध्यक्षतामा नयाँ जिल्ला समिति गठन
381 Views
लमजुङ । उज्यालो नेपाल पार्टीको लमजुङ जिल्ला समन्वय समितिको ऐतिहासिक प्रथम जिल्ला भेला आइतबार पार्टीका संघीय अध्यक्ष कुलमान घिसिङको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। भेलाले असुर्बी गुरुङको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ जिल्ला समन्वय समिति गठन गर्दै संगठन विस्तारलाई प्रभावकारी रूपमा अघि बढाउने निर्णय गरेको छ।
भेलाको अध्यक्षता पार्टीका केन्द्रीय सदस्य तथा निवर्तमान जिल्ला संयोजक दिनेश तामाङले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सुरज तामाङले गर्नुभएको थियो। प्रमुख अतिथि कुलमान घिसिङले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। स्वागत मन्तव्य गण्डकी प्रदेश अध्यक्ष भक्तबहादुर तामाङले राख्नुभएको थियो। त्यसपछि केन्द्रीय सदस्य कुशल गुरुङ, रुद्रबहादुर गुरुङ तथा संघीय महासचिव केदार खड्काले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
प्रमुख अतिथि कुलमान घिसिङले सम्बोधनका क्रममा देशमा सबै समुदायको समान सहभागिता सुनिश्चित गर्ने वैकल्पिक राजनीतिक नेतृत्वको आवश्यकता रहेको बताउनुभयो। उहाँले आगामी स्थानीय तह, प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आजैदेखि संगठनलाई गाउँ–गाउँसम्म विस्तार गरी जनतासँग प्रत्यक्ष सम्बन्ध मजबुत बनाउन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो।
उहाँले गत प्रतिनिधिसभा निर्वाचनमा पार्टी नयाँ भएकाले लमजुङमा उम्मेदवार उठाउन नसकिएको स्मरण गराउँदै उम्मेदवार नभए पनि समानुपातिकतर्फ करिब ६ सय मत प्राप्त भएको उल्लेख गर्नुभयो। त्यसका लागि लमजुङवासी मतदाता, शुभेच्छुक तथा समर्थकप्रति आभार व्यक्त गर्दै उहाँले चुनावी परिणामभन्दा पनि जनविश्वास जित्न पार्टी सफल भएको दाबी गर्नुभयो।
घिसिङले देशभर विभिन्न राजनीतिक दलबाट उज्यालो नेपाल पार्टीमा प्रवेश गर्ने क्रम बढ्दै गएको उल्लेख गर्दै संगठन विस्तार उत्साहजनक रहेको बताउनुभयो। पार्टी एकताको प्रयासबारे बोल्दै उहाँले नयाँ पुस्ता र आम जनताको चाहनाअनुसार सकारात्मक पहल गरिए पनि विभिन्न असहमतिका कारण प्रक्रिया टुंगिएको उल्लेख गर्नुभयो। अब पार्टी आफ्नै संगठनात्मक शक्ति र जनविश्वासका आधारमा अगाडि बढ्ने बताउँदै आगामी निर्वाचनको तयारीमा जुट्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई आह्वान गर्नुभयो।
भेलाले सर्वसम्मत रूपमा असुर्बी गुरुङको अध्यक्षतामा जिल्ला समन्वय समिति गठन गरेको छ। समितिको उपाध्यक्षमा तर्चा तामाङ र वेलामा तामाङ, सचिवमा भिम माया तामाड॰(गुरुड॰), दुधराम तामाङ र भीमबहादुर तामाङ, सहसचिवमा सरोज श्रेष्ठ र विविकला धिताल, कोषाध्यक्षमा लालसुब्बा तामाङ तथा सहकोषाध्यक्षमा कान्छी तामाङ चयन हुनुभएको छ।
त्यसैगरी सदस्यहरूमा सुजन तामाङ, अजय तामाङ, बुधसिंह तामाङ, सेरबहादुर तामाङ, टेकबहादुर तामाङ, बुद्धिमान तामाङ, नरबहादुर तामाङ, रमेश तामाङ, सिंहबहादुर तामाङ, कृष्ण तामाङ, समाया तामाङ, निशा लामा, निर्मला श्रेष्ठ, डालमाया तामाङ र सुनमाया तामाङ चयन हुनुभएको छ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई संघीय अध्यक्ष कुलमान घिसिङले पद तथा गोपनीयताको शपथ गराउँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।
भेलापछि नवगठित जिल्ला समन्वय समितिको पहिलो बैठक अध्यक्ष असुर्बी गुरुङको अध्यक्षता तथा संघीय अध्यक्ष कुलमान घिसिङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। बैठकले संगठन विस्तार, विभाग गठन, थप पदाधिकारी तथा सदस्य चयन तथा विभागीय संयोजक तोक्ने लगायतका महत्वपूर्ण निर्णय गरेको जनाएको छ।
सोही अवसरमा निवर्तमान जिल्ला संयोजक दिनेश तामाङले केन्द्रीय अध्यक्षको रोहबरमा बैठक निर्णय पुस्तिका, पार्टीको लेटरप्याड तथा अन्य आवश्यक कागजात नवगठित नेतृत्वलाई औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको थियो।
कार्यक्रममा संघीय सचिव केदार खड्का, केन्द्रीय सदस्यहरू कुशल गुरुङ, रुद्रबहादुर गुरुङ र ददिराम परियार, गण्डकी प्रदेश अध्यक्ष भक्तबहादुर तामाङ, उपाध्यक्ष नुनु राना, सचिव कुलबहादुर नेपाली, कोषाध्यक्ष राधा गुरुङ, धादिङ जिल्ला अध्यक्ष नरमान तामाङ, कास्की जिल्ला अध्यक्ष तर्कबहादुर गुरुङ, तनहुँ जिल्ला अध्यक्ष अजय गिरी, पालुङटार नगरपालिका अध्यक्ष बलराम तामाङ लगायत विभिन्न जिल्लाका नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको अन्त्यमा नवगठित जिल्ला समन्वय समितिका पदाधिकारी, अतिथि तथा सहभागीहरूले सामूहिक तस्बिर खिच्दै लमजुङमा उज्यालो नेपाल पार्टीको संगठन विस्तारको नयाँ अध्याय सुरु भएको विश्वास व्यक्त गरेका थिए।





प्रतिक्रिया दिनुहोस