गम्भीर दुर्घटनाबाट बचेका कलाकार रेशम कु.स्याउली तामाङ : संघर्ष, साधना र निरन्तरताको कथा
310 Views
काठमाडौं। तामाङ तथा नेपाली सांगीतिक तथा चलचित्र क्षेत्रमा करिब तीन दशकदेखि निरन्तर क्रियालशील कलाकार रेशम कुमार स्याउली तामाङ हालै एक गम्भीर अनि दुःखद सवारी दुर्घटना परी घाइते भएका छन्। नेचर हर्बकाे प्रा. लि.काे आयाेजनामा जहरसिङपाैवा ढाेक्सन स्थित पिकनिक (बनभाेज)कार्यक्रम सकि फर्कने क्रममा जहरसिङ लप्सेफेदी स्थित नन्स्टप यातयातकाे बस अचानक ब्रेकफेल भई दुर्घटना परि उपचारपश्चात चिकित्सकको सल्लाहअनुसार उनी हाल घरमै आराम गरिरहेका छन्।
सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका–७ निवासी रेशम कुमार स्याउली तामाङको जन्म २०३५ साल असार २७ गते भएको हो। पदम बहादुर तामाङका नाति तथा सिंग बहादुर तामाङ र जेठी तामाङका छोरा रेशम बाल्यकालदेखि नै गाउँघरको परिवेश बिहे, छेवार लगायत जंगल, गाेठमा गाउने माैलिक भाकालाई हुबहु नक्कल गर्न रुचाउने र उक्त सांँस्कृतिक माहोलबाट प्रभावित भई गीत–संगीततर्फ आकर्षित भएका थिए।
एस.एल.सी. पश्चात काठमाडौं आएका उनले कला क्षेत्रमा संघर्ष सुरु गर्दै २०५३/०५४ सालतिर नेपाल सांस्कृतिक संस्थान (राष्ट्रिय नाँचघर)मा सामान्य प्रशिक्षण लिएर नाटक तथा सांगीतिक कार्यक्रममा सहभागिता जनाउन थाले। त्यसपछि रेडियो नेपालमा गीत रेकर्डिङ गर्ने जमर्को त्यसपछि तामाङ समुदायका मौलिक गीत–नृत्य तथा सांस्कृतिक कार्यक्रममा सक्रिय रहि सुनपति थेत्माईसंग सहभागिता जनाउँदै सुनपति थेत्माईसंग सहकार्य अनि हातेमालाे गर्दै तामाङ गीति एल्बम “योला धिनी”, “टुहुरो” र अधिराज्यब्यापी तामाङ हवाई प्रतियाेगीताकाे दश स्थानमा सफल हुनु भएकाे गायक/गायिककाे स्वर समावेश गरेर “सुनपति हवाई लुङ” र आफ्नै प्रयासमा दिवङ्गत आमाप्रति समर्पित तामाङ गीति एल्बम “दुङाल” सार्वजनिक गरेका थिए।
२०५७ सालमा बरिषठ गायक तथा संगीतकार गाेपाल याेञ्जनकाे स्मृतिमा “पहिलाे तामाङ सेलो नृत्य प्रतियोगिता-२०५७, अधिराज्यब्यापी तामाङ हवाई प्रतियोगिता, ल्होछार कार्यक्रम, राष्ट्रिय नाटक महोत्सव जस्ता विभिन्न राष्ट्रिय स्तरका कार्यक्रममा उनकाे प्रयास र सक्रियतामा सम्पन्न गराएका थिए। राष्ट्रिय नाटक महाेत्सव-२०६० मा “हयाङ्ला रिमठिम” जस्ता तामाङ भाषाका नाटक लगायत तामाङ तथा नेपाली रङमञ्चमा समेत नाटक मञ्चन तथा अभिनय गरेका थिए। स्याउलीले देशको द्वन्द्वकालमा असहज भए लगत्तै, त्यसपछिको राजनीतिक परिवर्तनपछि केही समय वैदेशिक यात्रा समेत गरेका थिए।
२०७५ सालमा “आमा चरिमैना” बोलको गीत सार्वजनिक गरेपछि उनी पुनः सक्रिय रूपमा गीत–संगीत, चलचित्र, सिरिज तथा डकुमेन्ट्री निर्माणमा जुटिरहेका छन् भने गीत लेखन, संगीत, गायन, अभिनय, छायांकन र निर्देशन जस्ता विविध विधामा योगदान पुर्याउँदै आएका तामाङले गोपाल योञ्जन स्मृति अवार्ड–२०५७, लाङटाङ राष्ट्रिय म्युजिक अवार्ड–२०८०, गौतम बुद्ध म्युजिक अवार्ड–२०८१, काव्य म्यजिक अवार्ड-२०८२ र पश्चिमी तामाङ समुदायकाे माैलिक “म्हेन्दामाया म्युजिक अवार्ड-२०८२ र बिश्व संस्कृति तामाङ र नेपाली म्युजिक अवार्ड लगायत विभिन्न विघामाकदर, सम्मान तथा पुरस्कारहरु प्राप्त गरिसकेका छन्।
नेपाल तामाङ कलाकार संघ( सदस्य), तामाङ चलचित्र संघ नेपाल, नेपाल सांस्कृतिक घेदुङ संघ(केन्द्रीय सदस्य ), आदिवासी जनजाति चलचित्र महासंघ बागमती प्रदेश (अध्यक्ष) तथा नेपाल चलचित्र प्राविधिक संघ(सदस्य) मा आबद्ध रहँदै कल र सांस्कृतिक क्षेत्रमा योगदान दिँदै आएका छन्।
यसैबिच सामाजिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुने क्रममा आयोजित एक पिकनिकबाट फर्किने बेला भएको सवारी दुर्घटनामा उनी परेका हुन्। बस ब्रेक फेल भई करिब ७०/८० मिटर तल खस्दा पाँच जनाको ज्यान गएको छ भने अन्य घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनामा परी निधन भएका आदिवासी जनजाति चलचित्र महासंघ बागमती प्देशकाे निवर्तमान सदस्यद्वाेय स्व. देबेन्द्र तुम्रोक लिम्बू र स्व.इन्द्रकुमारी साम्सोहाङ लिम्बूप्रति उनले श्रद्धाञ्जली व्यक्त गर्दै घाइते तथा प्रभावित सबैप्रति स्वास्थ लाभकाे कामना गरेका छन्।
अमुल्य माया र सहयाेग गरि कर्तव्यबोध गर्नुहुने नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र विकास बोर्ड तथा आदिवासी जनजाति चलचित्र महासंघ बागमती प्रदेश लगायत सम्पूर्ण सहयोगीप्रति उनले आभार व्यक्त गरेका छन्।
“जीवनमा सफलता भन्दा निरन्तरता ठूलो कुरा रहेछ,” उनले भने, “दुःख र पीडाका बीच पनि कला र संस्कृति” को यात्रामा सेवा प्रदान गर्दै यात्रा जारी रहने प्रण गर्नु भएकाे छ।
करिब २८/२९ वर्षदेखि निरन्तर कला क्षेत्रमा समर्पित राख्दै आएकाे तामाङले आगामी दिनमा पनि आफ्नो यात्रा नरोकिने दृढता व्यक्त गरेका छन्





प्रतिक्रिया दिनुहोस