साहित्य शृङ्खला पोखराको नियमित रचना वाचन २७६औं शृङ्खलामा प्रवेश
357 Views
पोखरा,४असोज। साहित्य शृङ्खला पोखराको नियमित रचना वाचनको २७६औं शृङ्खला २०८२ असोज ४ गते शनिवारका दिन ताल बराही मा बि ,बैदाम-६ को सभाहलमा विशिष्ट साहित्यकारहरु,बुद्धीजिवी राजनितिक पार्टिका नेतागणहरुको उपस्थितिमा बिचार गोष्ठी सहित गित,कबिता,कथा र स्रस्टाहरुको अब्बल रचना वाचन सहित भब्य रुपमा सम्पन्न भएको छ ।
” सांस्कृतिक रुपान्तरणमा साहित्यिक क्षेत्रको भुमिका ” बिषयक बिचारगोष्ठीमा उप प्राध्यापक परशुराम कोइरालाले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो।कार्यपत्र माथी नेपाल प्रज्ञा प्रतिष्ठानका सभासदस्य प्राज्ञ नारायण मरासिनीले टिप्पणी राख्नु भएको थियो।
सांस्कृतिक रुपान्तरण आफैमा गहन बिषय भएको ,यो बिषय बस्तु माथी कलम चलाउनु सजिलो नभएको भन्दै कार्यपत्रलाई चुस्त दुरुस्त बनाउन कार्यपत्र प्रस्तोता उपप्राध्यापक कोइरालालाई धन्यबाद दिदै बुटि मात्र ल्याउनु भनेकोमा हनुमानले सिङ्गै पहाड नै उचालेर ल्याइदिएको प्रसङ्गलाई कोट्याउनु भएको कुरा सो अवसरमा प्राज्ञ नारायण मरासिनीले राख्नुभएको थियो।
मार्क्सवादी अध्ययन स्रोत केन्द्रका अध्यक्ष एबम बामबुद्धिजिवी झलकपाणी तिवारीले सांस्कृतीक रुपान्तरणमा केही सुधार गर्नु पर्ने आबश्यकता औंल्याउदै जनस्तरबाट केही कुराहरुमा परिमार्जन भैरहे पनि २१ औं शताब्दीमा विश्व प्रबेश गरिसक्दा नेपालमा भने पुरानै परम्पराबादी सांस्कृतिक चिन्तन यथाबत भैरहेकोमा चिन्ता ब्यक्त गर्दै राज्यबाट रुपान्तरणका पक्षमा कुनै आवाज उठाउन नसकेकोमा आपत्ती समेत जनाउनु भएको थियो।
क्रान्तिकारी कम्युनिष्ट पार्टिका केन्द्रीय पोलिट ब्युरो सदस्य केश बहादुर परियार,केन्द्रीय सल्लाहकार रामजी थापा,केन्द्रीय सदस्य भिम बहादुर श्रीस,बिक्रम थापा,बाबुराम सुबेदी लगायतका नेताहरुले कम्युनिष्ट पार्टिका झण्डा समाउनेहरु अझै पनि पुरातनबादी संस्कृतिमा अल्झिएर कर्मकाण्डी व्यवहार अपनाइरहेकोमा तीखो ब्यङ्य समेत प्रहार गर्नुभएका थिए ।
संस्थाका सल्लाहकार एबम परिश्रमी प्रतिभा पुरस्कारका संस्थापक नारायण परिश्रमीले संस्कार संस्कृती नेपालीहरुलाई झन पछि झन बोझिलो बन्दै गैरहेकोले आफू अनुकुल संस्कृती स्थापना गर्नु पर्ने कुरामा जोड दिनुभयो।
अर्का सल्लाहकार धन बहादुर नेपालीले समसामयिक कबिता सुनाउनुभएको थियो। गण्डकी साहित्य सङ्गमका अध्यक्ष एब शृङ्खलाका पुर्व संयोजक भिम रानाभाटले समाज ,संस्कृती रुपान्तरण आफ्नै घर समाजबाट शुरु गर्न सबैलाई सुझाउनु भएको थियो।सो अवसरमा तालबराही मा बि का प्रधानाध्यापक तारा पोख्रेलले शृङ्खला को कार्यक्रम राख्न पाएर नजिकबाटै सुन्न ,सहभागी हुन पाएकोमा खुसी ब्यक्त गर्दै आबश्यक रहेको खण्डमा शृङ्खलालाइ हरेक कुरामा सहयोग गर्न सक्ने वचन समेत दिएका थिए।स्याङ्जाका स्रस्टा एबम लेखक महेन्द्रमान ब्यथित, लमजुङे स्रस्टा मोहन बोहोरा,शृङ्खलाका संस्थापक स्ट्रगल राना,गुरुङ साहित्यिक मन्चका अध्यक्ष तेज बहादुर गुरुङ,बिकास लुङ्गेली,लक्ष्मीप्रसाद पौडेल,चियाङ तमु,भक्त रसाइली,भागिरथ शर्मा,धन बहादुर थापा लगायतले सांस्कृतिक रुपन्तरणका पक्षमा खुलेर आ आफ्ना कुराहरु राख्दै रुपान्तरण अभियानमा लाग्न सुझाएका थिए।
कार्यक्रममा लघुकथा प्रतिष्ठानका सचिव बिष्णु बास्तोला र लघुकथाकार ढाकामोहन बरालले चोटिलो लघुकथा वाचन गरेका थिए।
नवराज बराल”निशान्त”,धर्मराज पौडेल ´अल्पायु`
छबिलाल आचार्य,ई नारायण बास्तोला `श्रमपन्थी´ले मिठा सन्देशमुलक रोचक कबिता सुनाएका थिए भने सङ्गम सांस्कृतिक मन्चका कलाकार डि बि बान्तवाले जन जागरणका गित सुनाएका थिए। ताल बराही मा बिका शिक्षक डिल बहादुर थापाले यथार्थपरक चोटिला मुक्तक सुनाएका थिए।
शृङ्खलाका अध्यक्ष लक्ष्मण गौतम हिमालीले अध्यक्षता गर्नुभएको कार्यक्रममा लोचना अधिकारीले रचना वाचन सहित स्वागत मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको सन्चालन सचिव काजी गाउँलेले गर्नुभएको थियो ।





प्रतिक्रिया दिनुहोस