व्यङग्य कविताः साम्सदलाई केही नि हुन्न
1076 Views
साम्सद भनाउदालाई केही नि हुन्न
कोरोनाले नि छुदै छुन्न!
दोहोरो भ्याक्सिन पहिल्यै पा छन्
दुइटा मास्क खप्ट्यार ला’छन्!
टन्न पुस्टीएका छन्
सुत्केरी मानो खा’ छन्
जुलुस गर्न जहाँ नि गा’ छन्
एउटै साम्सद दुइतिर भा’ छन्
घरमै बस्याछन्
घर भाडा माँ छन्
एउटा भाइरसलाई अर्काले छुन्न
लागिहाले पनि केही नि हुन्न!
दक्क छन र त यस्ता भा’ छन
-Prem Adhikari, Kathmandu





प्रतिक्रिया दिनुहोस