आइदिन्छन यादहरु टनाटन अप्सराको गजल
4351 Views
कस्मिका सेढाई (अप्सरा )बेल्कोटगढी १२ नुवाकोटकि हुन। उनि काठमान्डौ पब्लिक युथ क्याम्पस क्षेत्रपाटी ब्याचलर पहिलो वर्षमा अध्ययनरत छिन ।उनि अध्ययन बाहेक साहित्यिक अनुरागी पनि हुन।उनले धेरै गित कविता अनि गजल लेखेकी छन्।नाम पनि अप्सरा ,अप्सरा जस्तै राम्री छिन उनि ।अप्सराको रचना पनि अप्सरा जस्तै छ ।
*अप्सराको गजल *
आइदिन्छन यादहरु टनाटन ख्याल ठट्टामा
गराइ दिन्छन खुसी कै समापन ख्याल ठट्टामा
* * * * * *
हो यस कारण म मौनतामै रमाउने गर्छु
दुखाइ दिन्छन नाजुक मन ख्याल ठट्टामा
* * * * * * *
अन्जान व्यक्ति मा संग हिडेको देखेर
बधाई दिन्छन आफ़न्तहरु ख्याल ठट्टामा
* * * * * * *
आफ्नै भनि दिलमा सजाएको मान्छेले नै
लगाई दिन्छन तुच्छ बचन ख्याल ठट्टामा
* * * * * * *
दुखेको दिलको उपचार गर्न नलगाउनुस मलाई
कोट्याई दिन्छन घाउ झन् ख्याल ठट्टामा
* * * * * * *
समाप्त





प्रतिक्रिया दिनुहोस