पुरुष ह्याण्डबलमा बागमतीको पहिलो जित
590 Views
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष ह्याण्ड बलमा बागमतीले जित दर्ता गरेको छ।
पोखरा रंगशाला स्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको खेलमा बागमतीले आफ्नो दोस्रो खेलमा मधेश प्रदेश माथि २१–१३ को जित निकालेको हो।
बागमतीका लागि सोनाम राकेश शेर्पाले सर्वाधिक ५ गोल गरे।
पहिलो खेलमा विभागीय आर्मीसँग ८–४३ ले हार व्यहोरेको बागमतीले यो जितसँगै महत्वपूर्ण ३ अंक जोडेको छ। लगातार दोस्रो खेल हारेको मधेश भने अंक विहीन छ। मधेशले पहिलो उद्घाटन खेलमा १३–६६ ले हार व्यहोरेको थियो।





प्रतिक्रिया दिनुहोस