उज्यालो नेपाल पार्टी लमजुङको प्रथम जिल्ला भेला असार २१ गते, अध्यक्ष कुलमान घिसिङ प्रमुख अतिथि
96 Views
लमजुङ। उज्यालो नेपाल पार्टी, लमजुङले आफ्नो प्रथम ऐतिहासिक जिल्ला भेला आयोजना गर्ने भएको छ। पार्टीको जिल्ला समितिले सार्वजनिक गरेको निमन्त्रणाअनुसार उक्त भेला २०८३ साल असार २१ गते आइतबार बिहान ११:०० बजे लमजुङको बेशीसहरस्थित घेदुङ सभाहलमा आयोजना हुनेछ।
भेलामा पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङ प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको आयोजकले जनाएको छ। कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार जिल्ला भेलामार्फत संगठन विस्तार, आगामी कार्यदिशा, संगठन सुदृढीकरण तथा समसामयिक राजनीतिक विषयमा छलफल गरिनेछ। साथै लमजुङ जिल्लामा पार्टीको संगठनलाई थप प्रभावकारी बनाउने रणनीतिसमेत तय गरिने बताइएको छ।
उज्यालो नेपाल पार्टी, लमजुङले कार्यक्रममा सहभागी भई सफल बनाउन सम्पूर्ण नेता–कार्यकर्ता, समर्थक तथा इच्छुक नागरिकलाई हार्दिक निमन्त्रणा गरेको छ।
कार्यक्रम सम्बन्धी थप जानकारीका लागि दिनेश तामाङ र बे लामा तामाङलाई क्रमशः ९८५११३८९२१ र ९८२७११३६८९ नम्बरमा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।





प्रतिक्रिया दिनुहोस