गंगा बहादुर मोक्तान दोस्रो कार्यकालका लागि वार्ड नं.५ को अध्यक्ष पदमा बिजयी
524 Views
रामेछाप, जेष्ठ ४ खोज मिडिया । रामेछाप जिल्ला दोरम्बा शैलुङ गाउँपालिका वार्ड नं.५ श्री गुराँसे देबि आधारभूत बिद्यालयका पुर्ब प्रधानाध्यापक श्री गंगा बहादुर मोक्तानले एमाले कांग्रेस गठबंधन गरेको वडामा गठबन्धन लाई पछि पार्दै नेकपा माओवादी केन्द्र बाट दोस्रो कार्यकालका लागि वार्ड नं.५ को अध्यक्ष पदमा बिजयी हुनु भएको छ।
दोरम्बा शैलुङ गाउँपालिकाको अहिले सम्मको मत परिणाम हेर्दा पालिका अध्यक्षको दाबेदार माओवादी कांग्रेस गठवन्धन वाट अध्यक्षको प्रत्यासी मैन कुमार मोक्तान(मदन) र उपध्यक्षको प्रत्यासी खमला थापा मगरको अग्रता छ । त्यस्तै एमालेको तर्फबाट अध्यक्षको प्रत्यासी टंक प्रसाद चौलागाई र उपध्यक्षको प्रत्यासी मुना कंडेल थापाको मत पनि त्यत्ति धेरैको अन्तर छैन ।
दोरम्बा सैलुङ गाउँपालिकामा ७ वटा वाडा रहेको छ भने उक्त वडामा ५ वटा वडाको परिणाम आईसकेको छ । अब २ वटा वडाको परिणाम आउन बाकि छ।





प्रतिक्रिया दिनुहोस