कास्कीमा कांग्रेसको प्रदेश क्षेत्रीय अधिवेशन आज, सबै पदमा उम्मेदवारी दर्ता
429 Views
पोखरा, ३ मंसिर, खोज मिडिया । १४औँ महाधिवेशनका लागि कास्कीमा प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन आज (शुक्रबार) हुँदै छ । प्रदेशका छवटा निर्वाचन क्षेत्र रहेको यहाँ सबै क्षेत्रमा आजै मनोनयन सकिएको छ ।
निर्वाचन अधिकृत रामचन्द्र पौडेल (विमल)का अनुसार पदाधिकारीका सबै पदमा निर्वाचन हुनेछ भने प्रदेश अधिवेशन प्रतिनिधिका पनि अधिकांश पदमा मतदान हुनेछ । सबै क्षेत्रका सभापतिमा दुई जना, उपसभापतिमा चार जना, सचिव र सहसचिवमा चार/चार जना प्रतिस्पर्धी छन् । कांग्रेस विधानअनुसार उपसभापति, सचिव र सहसचिवमा दुई/दुई जना निर्वाचित हुनेछन् ।
कास्की क्षेत्र नम्बर- १ (क)को सभापतिमा दुर्गाप्रसाद सुवेदी र मुराहरि कोइराला प्रतिस्पर्धी छन् । उपसभापतिमा दीपककुमार आले, निर्मला ढुंगाना, लक्ष्मीदेवी पौडेल र सुकेदव गुरुङ, सचिवमा केशवराज भट्टराई, ध्रुवराज अधिकारी र शिवराज अधिकारी तथा सहसचिवमा ईश्वरराज भण्डारी, विष्णु गुरुङ, शान्ति मगराती र सुवास भण्डारीबीच प्रतिस्पर्धा हुनेछ ।
प्रदेश अधिवेसन प्रतिनिधिअन्तर्गत खुलामा १५ जना, प्रत्यक्ष महिलामा चा, खस आर्य खुलामा छ, खस आर्य महिलामा दुई, आदिवासी जनजाति महिलामा दुई र अपांगता तथा अल्पसंख्यकमा दुई जनाले उम्मेदवारी दिएका छन् । आदिवासी खुलामा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् ।
क्षेत्र नम्बर- १ (ख)को सभापतिमा अर्जुन गुरुङ र कृष्णप्रसाद कोइरालाबीच प्रतिस्पर्धा हुनेछ । उपसभापतिमा कुमार परियार, विकास गुरुङ, विष्णुप्रसाद बराल र विष्णुप्रसाद सुवेदीले मनोनयन दर्ता गराएका छन् । सचिवमा महेश कार्की, किरण अधिकारी, कृतिवल्लभ त्रिपाठी र राजेश अधिकारी छन् भने सहसचिवमा प्रवीण नेपाली, महेन्द्र गुरुङ र रामकुमारी पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेश अधिवेशन प्रतिनिधिका लागि खुलामा १३, खुला महिलामा पाँच, खस आर्य खुलामा चार, खस आर्य महिलामा दुई, आदिवासी जनजाति खुलामा दुई, आदिवासी महिलामा दुई र दलितमा तीन जना प्रतिस्पर्धी छन् । अपांगता तथा अल्पसंख्यक कोटामा नारायणप्रसाद बराल सर्वसम्मत निर्वाचित भएका मतदान अधिकृतको कार्यालयले जनाएको छ ।
क्षेत्र नम्बर- २ (क)को सभापतिका लागि दिनेश आचार्य र वर्षाकेशव पराजुलीको दाबी छ । उपसभापतिमा खडानन्द लामिछाने, चेतबहादुर महत र माधवप्रसाद बराल, सचिवमा टंकप्रसाद भण्डारी, नारायणप्रसाद शर्मा र राजेश गौतम प्रतिस्पर्धी छन् । सहसचिवमा गीता भण्डारी र केशवराज लामिछाने सर्वसम्मत चयन भएका छन् ।
प्रदेश महाधिवेशन प्रतिनिधिका लागि खुलामा १३ जना, आदिवासी जनजाति खुलामा दुई र मधेसी वा थारू वा मुस्लिम वा अल्पसंख्यक वा अपांगता कोटामा दुई जना उम्मेदवार छन् । प्रत्यक्ष महिलामा दुर्गा केसी, विन्दु कार्की र विष्णुदेवी आचार्य सर्वसम्मत चयन भएका छन् भने खस आर्य महिलामा ऋषिमाया लामिछाने, खस आर्य खुलामा कृष्णबहादुर खत्री र तारानाथ गौतम, दलितमा टीकाराम सुनार र आदिवासी जनजाति महिलामा चिनुकुमारी गुरुङ सर्वसम्मत चयन भएका छन् ।
क्षेत्र नम्बर- २ (ख)को सभापतिमा दीपेन्द्र मर्सानी र सुवास सिग्देलले दाबी गरेका छन् । उपसभापतिमा बोधराज घिमिरे, सरिता पराजुली र होमबहादुर बानियाँ, सचिवमा श्रीकृष्ण आचार्य, जंगबहादुर हमाल ठकुरी, सुवर्ण केसी र शिरषकुमार बाँस्तोला तथा सहसचिवमा निलम बाटाजु कर्माचार्य, कमलकुमारी केसी र सुरेश खवासले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेश प्रतिनिधितर्फ खुलामा १४, महिलामा छ, खस आर्य खुलामा तीन र आदिवासी जनजाति खुलामा दुई जनाबीच प्रतिस्पर्धा छ । खस आर्य महिलामा लक्ष्मी केसी कार्की, आदिवासी जनजाति महिलामा टीकाकुमारी गुरुङ, दलितमा विष्णुमाया परियार र मुस्लिमतर्फ अब्दुल मजिद मिया सर्वसम्मत चयन भएका छन् ।
निर्वाचन क्षेत्र नम्बर- ३ (क)को सभापतिका लागि दीपकराज पौडेल र पुष्पेन्द्र पाण्डेले उम्मेदवारी दिएका छन् । उपसभापतिमा दिलीप गिरी, धनबहादुर थापा, मोतीलाल तिम्सिना र रामबहादुर घर्ती उम्मेदवार छन् । सचिवमा गंगाबहादुर गुरुङ, प्रकाशचन्द्र सापकोटा, विनोद केसी र सरोजकुमार गुरुङ तथा सहसचिवमा अनिल गुरुङ, तिलकबहादुर खड्का, मीनराज तिमिल्सिना र विष्णुप्रसाद अधिकारीले मनोनयन दर्ता गराएका छन् ।
प्रदेश अधिवेशन प्रतिनिधिका लागि खुलातर्फ १३ जना, खुला महिलामा छ जना, खस आर्य खुलामा चार, खस आर्य महिला तीन, आदिवासी जनजाति खुला दुई, आदिवासी जनजाति महिला दुई र दलितमा दुई जनाको मनोनयन परेको छ । अल्पसंख्यक तथा अपांगता कोटामा बहादुरसिंह गुरुङ निर्विरोध भएका छन् ।
क्षेत्र नम्बर- ३ (ख)को सभापतिमा जीवनाथ पौडेल (शंकर) र दीपकवीर कुवँरबीच प्रतिस्पर्धा हुनेछ । उपसभापतिमा पदमबहादुर गुरुङ, पार्वतीदेवी कोइराला, विकास गुरुङ र विनोदबहादुर खड्का उम्मेदवार छन् । सचिवमा उपेन्द्रराज पराजुली, ठाकुर बराल, बाबुराम भण्डारी र शुक्रराज पौडेलले उम्मेदवारी दिए भने सहसचिवमा गोलमाया अधिकारी, चित्रबहादुर गुरुङ र भीममाया सुवेदी प्रतिस्पर्धी छन् ।
प्रदेश अधिवेशन प्रतिनिधिमा खुलातर्फ १४, महिला पाँच, खस आर्य महिला दुई, आदिवासी जनजाति खुला दुई, आदिवासी जनजाति महिला दुई र दलित कोटामा दुई जनाकै मनोनयन दर्ता भएको छ । खस आर्य खुलामा गणेशबहादुर भट्टराई र देवेन्द्र केसी तथा अल्पसंख्यक कोटामा चक्रप्रसाद गौचन सर्वसम्मत चयन भएका छन् । मतदान शुक्रबार हुनेछ ।





प्रतिक्रिया दिनुहोस