सिम्पानी-कसेरी तामाङ समाज” द्वारा बृहत सांस्कृतिक कार्यक्रम गरिदैं
337 Views
कास्की,१४ पुष। तामाङ समुदायको ल्होछारको अवसर पारेर शुभकामना आदान प्रदान तथा वृहत सांस्कृतिक कार्यक्रम गरिने भएको छ ।
“बौद्धधर्मावलम्बी”तामाङ समुदायको आउदै गरेको महान मौलिक पर्व मन्जुश्री सम्वत् २८६२औं, “सोनाम ल्होछार” त-ल्हो (घोडा वर्ग) को अवसरमा”सिम्पानी-कसेरी तामाङ समाज” द्वारा समाज भवन निर्माण सहयोगार्थ आयोजित कार्यक्रम गरिने भएको हो ।



जस कार्यक्रम अन्तर्गत पुरुष फुटबल,भलिबल,(झाँकी र्याली,रक्तदान,रस्साकस्सी,शुभ-कामना आदानप्रदान सम्मान)तथा
वृहत् साँस्कृतिक कार्यक्रम यहि पौष ३० देखि माघ-२ सम्म रहेने जानाकारी गराएका छन् ।
उक्त कार्यक्रममा अतिथि,आर्थिक,नैतिक र भौतिक विविध
पत्र,प्रपोजल पत्र,खेलाडी दर्ता पत्रहरु, सम्बन्धि जिम्मेवार ब्यक्ति,समाजमा बुझाई सकेको र थप उत्कृष्ट खुल्ला”झाँकि-र्याली”
संयोजक (निर्णायक मण्डल)बाट छनोट गरि,
क्रमशः१.प्रथम पुरस्कार रु.१५,०००|_
२. द्वितीय “ रु.१०;०००|_
३.तृतिय ” रु.५,०००|_
सहित प्रमाणपत्र प्रदान गर्ने कार्य समिति
द्वारा निर्णय पारित गरिएको प्रचार-प्रसार संयोजक शिवु ब्लोन तामाङले जानकारी दिनुभयो ।





प्रतिक्रिया दिनुहोस