फेदिखोला समाजको शुभकामना आदानप्रदान सम्पन्न
147 Views
पोखरा । बृहत फेदिखोला पोखरा सम्पर्क समाजले नयाँ बर्ष २०८१ को उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा संस्थाले प्रकाशन गरेको भित्तेपात्रो लोकार्पण गरेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै संस्थाका आजिवन सदस्य तथा अक्षयकोषदाता शिक्षासेवी यामबहादुर रानाभाटले समाजले स्थापना गर्नुको उद्देश्य अनुरुप नै गतिविधिहरु भइ रहेकोमा खुशी व्यक्त गरेका थिए ।
संस्थाका अध्यक्ष जगदीश लामिछानेले नियमित कार्यक्रम अन्तरगत नै क्यालेन्डर प्रकाशन गरेको बताउँदै हरेक कार्यक्रम गर्दा उपसमिति गठन गरि हरेक कार्यसमितिका सदस्यलाई संस्था प्रती उत्तरदायी बनाउने प्रयास गरिएको बताउँदै उपसमिति गठन गरि कार्य गर्दा गतिविधिहरु पनि धेरै गर्न सकिएको र हरेक ब्यक्ति सक्षम हुँदै गएको बताए । उनले गैर नाफा मुलक गैरसरकारी संस्था भएको कारण मितब्ययीता अपनाउन कार्य समिति र सल्लाहकार बीच मात्रै कार्यक्रम गरिएको बताए ।
सो अबसरमा समाजको दितिय उपाध्यक्ष लाल कार्की अन्जान, कोषाध्यक्ष राजकुमार क्षेत्री लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
सो अबसरमा संस्थाका मिडिया संयोजक कृष्ण रानाभाट, सल्लाहकार, कार्यसमिति पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको बताउदै क्यालेन्डर प्रकाशन गर्दा देखिएका समस्याहरुको बारेमा क्यालेन्डर प्रकाशन उपसमिति संयोजक तथा सचिव मिनप्रसाद सुबेदीले बताए ।
प्रतिक्रिया दिनुहोस