उत्तरपुस्तिका परिक्षण पारिश्रमिक भत्त अत्यन्त न्युन भएको भन्दै कापी परिक्षण कार्य स्थगत
453 Views

कास्की, १२ वैशाख । देशभर माध्यमिक शिक्षा एसईई को परिक्षा सफलतापूर्वक सम्पन्न भई यतिबेला उत्तरपुस्तिका परिक्षण कार्यमा पुगेको छ ।
वि.स.२०७२ सालदेखि हालसम्म उत्तरपुस्तिका परिक्षण लगायतमा एउटै अन्यायपूर्ण भएको भन्दै परिक्षा नियन्त्रक परिसर सानो ठिमी भक्तपुरलाई पत्र पठाएको छ ।
उक्त परिक्षा संचालनका क्रममा उत्तरपुस्तिका परिक्षण पारिश्रमिक, केन्द्राध्यक्ष, निरिक्षक समेतको भत्ता अत्यन्त न्युन भएको जनाएको छ । समयमै कापी परिक्षण तथा सम्परिक्षण गरि नतिजा जतिसक्दो चांडो प्रकाशन हुनुपर्छ भन्ने मान्यता राख्दै तथापि पटकपटक यसबारे बिगतका वर्षमा पनि मौखिक ध्यानकर्षण गर्दै आएको र हाल सम्म न्यायोचित सम्बोधन नभएकाले समयानुकूल पारिश्रमिक वृद्धि नहुन्जेल कापी परिक्षण कार्य स्थगत रहने बताईएको छ ।
यसबाट पर्न जाने असरप्रति सम्बन्धित निकाय मार्फत नेपाल सरकार जिम्मेवार हुनुपर्ने भन्दै १०६ जना शिक्षक समुहले सामुहिक माग गरिएको छ । एसईई का यी सबै समस्या एकमुस्ट हाल गर्न ध्यानकर्षण गराउदै परिक्षा नियन्त्रक परिसरलाई पत्र पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस