मानव अधिकार तथा कैदी बन्दी न्यायीक सरोकार मञ्च नेपाल मा नल बहादुर गुरुङ मनोनित
138 Views

पोखरा । मानव अधिकार तथा कैदी बन्दी न्यायीक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रिय सदस्यमा पोखराका नल बहादुर गुरुङ मनोनित भएका छन् ।
मञ्चको हालै वसेको केन्द्रिय कमिटिको सर्वसम्मत निर्णयबाट गुरुङलाई केन्द्रिय सदस्यमा मनोनित गर्नुका साथै कास्की शाखा गठनको जिम्मेवारी समेत प्रदान गरेको छ ।
मानव अधिकार तथा कैदी वन्दी न्यायीक सरोकार मञ्च नेपाल संस्था मानव अधिकारको पूर्ण संरक्षण, सम्बद्र्धन र विकास विना सामाजिक न्या प्राप्त हुन नसक्ने तथ्यलाई हृदयगम गर्दै मानव अधिकारको विश्वव्यापी मान्यता प्रति सहमति जनाउँदै मानव अधिकारमा विश्व व्यापकता, अत्मनिर्भरता जस्ता आधारभुत सिद्धान्त प्रति प्रतिवद्ध भइ गैर नाफा मूलक, गैर राजनितिक गैर सरकारी संस्थाको रुपमा स्थापना भएको हो ।
केन्द्रिय सदस्यमा मनोनित भएका नल बहादुर गुरुङले छिट्टै कास्की जिल्ला गठन गरी कारागारमा रहेका कैदी बन्दीहरुको न्याय प्रदान गर्दै उनिहरुको हकहितका लागि कार्य गर्ने वताए ।
प्रतिक्रिया दिनुहोस