बनिन पो समय लाग्छ; सकिन त के नै भो र ?(कवि खोजराज गोले)
355 Views

बनिन पो समय लाग्छ; सकिन त के नै भो र ??
सम्हालिन मुस्किल छ बहकिन त के नै भो र ??
राम्रो गरी उक्लिन पो गाह्रो छ यो संसारमा !!!!!
क्षणभर´नि काफी तल धसिन त के नै भो र ??
यहाँ जति बाचा गरुन् ; जति पर पर होउन् !!!!!
बिर्सन त्यो पहाड तर सम्झिन त के नै भो र ??
ढले इन्द्र, बुध्द, येशु, चङ्गेज र अलेक्जेण्डर !!!
उभिन क्या महाभारत ढलिन त के नै भो र ??
सुन्दरताको यौटा पाटो झरना झैँ केश हेर !
कोरीबाटी जति गर छरिन त के नै भो र ??
प्रतिक्रिया दिनुहोस