दुःखै बीच पनि बाँच्नु त छँदैछ (कवि खोजराज गोले)
354 Views
दुःखै बीच पनि बाँच्नु त छँदैछ !!
रुन छोडी अझै हाँस्नु त छँदैछ !!
अरूलाई कहिल्यै नढाँटेकै जाती !
आफैँलाई कत्ति ढाँट्नु त छँदैछ !!!
मात्नेसम्म सुख नखोज्नु नै भन्छन् !!
आँशु पिई झ्याप्पै मात्नु त छँदैछ !!
बाँच्न सिक भन्छौं थाहा छैन आफ्नै !
दिन गन्दै औंला भाँच्नु त छँदैछ !!!!!!
खोली देऊ मुटु दुनियाँका सामु !!!
एकान्तमा हल्का दाब्नु त छँदैछ !!
प्रतिक्रिया दिनुहोस