“ग्रामीण पर्यटन प्रवर्धनमा संचारको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
92 Views
कास्की, २६ चैत । स्वतन्त्र पत्रकार संघ नेपाल कास्की शाखाको आयोजित ग्रामीण पर्यटन प्रवर्धनमा संचारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम आईतबार २५ गते सम्पन्न भएको छ ।
मादी गाउँपालिकाका प्रमुख देविजंग गुरुङको प्रमुख अतिथ्यतामा भएको उक्त कार्यक्रममा ठुला स्वारा सामुदायिक होम्स्टेका आमासमुहले गुराँसको फुल र सेतो अक्षताले स्वागत सत्कार गरिएका थिए ।
उक्त कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपाल कास्की शाखाको १२ औँ वार्षिक उत्सव र छैठौं अधिवेसनमा निर्वाचित भएका नयाँ कार्यसमितिहरुको पदस्थापना तथा सपथ ग्रहण निर्वाचन संयोजक शिव प्रसाद गौतमले गराउनुभयो ।
कार्यक्रममा मादी गाउँपालिका ४ का अध्यक्ष शिव प्रसाद सापकोटाले शुभकामान मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यस्तै ठुला स्वारा होम्स्टेका अध्यक्ष भिम गुरुङले होमस्टेको अवसर र चुनौतीबारे खण्डन गर्दै उक्त गाउँमा पानीको समस्या रहेको र पानीको व्यवस्था गर्नका लागि गाउँपालिकासंग पहल गर्नु भएको थियो ।
त्यसैगरि गण्डकी प्रदेश होमस्टे महासंघका सदस्य याम गुरुङले होमस्टेमा नेपाली पर्यटन मात्रै नभई बिदेशी पर्यटन भित्र्याउनका लागि पहल गर्नुभयो ।
सोहि कार्यक्रमको कार्यपत्र “स्वतन्त्र पत्रकार संघ नेपाल” कास्की शाखा निवर्तमान अध्यक्ष,साहित्यकार असफल गौतमले पेश गर्नुभएको हो । उक्त कार्यपत्रको टिप्पणी अन्तराष्ट्रिय नेपाल साहित्य समाज गण्डकीका संस्थापक अध्यक्ष दुर्गा शाह (बाबा) ले गर्नुभयो ।
कार्यक्रमको अवसरमा स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष, आदर्श समाज दैनिक पत्रिकाका प्रधान सम्पादक कृष्ण प्रसाद बाँस्तोलाले उक्त होमस्टे मा सुधार्नुपर्ने कार्यहरु र ज्ञानगुनका विषयहरुमा स्पस्ट पर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मादी गाउँपालिका प्रमुख देविजंग गुरुङले उक्त होमस्टेमा भएको समस्याहरुलाई समधान गर्ने प्रतिवद्दता जनाउनुभयो । संस्थाका अध्यक्ष कृष्ण रानाभाटको सभाध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन रजनी तामाङले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस