पोखरा नजिकै रहेको ठूलाकोट–ठूलास्वाहाँरा क्षेत्रको प्रवर्द्धनमा भिटोफ
273 Views

पोखरा । यही चैत ४ गते पर्यटन राजधानी घोषणा भएको पोखरासँगै आसपासका पर्यटकीय गाउँको पर्यटकीय प्रवर्द्धन र विकासलाई गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशले गाउँ परिचयात्मक भ्रमण कार्यक्रम गरेको छ।
पर्यटन राजधानी आसपासका पर्यटकीय गाउँलाई प्रवर्द्धन गर्दै त्यहाँ पर्यटकीय गतिविधि बढाउनुपर्छ भन्ने उद्देश्यका साथ ठूलाकोट–ठूलास्वाहाँरा क्षेत्रको प्रवर्द्धनात्मक परिचयात्मक अवलोकन भ्रमण गरिएको भिटोफ गण्डकी प्रदेशका अध्यक्ष शोभा सापकोटाले बताइन ।
‘हरेक गाउँ, पर्यटकीय ठाउँ’ भन्ने नाराका साथ भिटोफले गाउँ पर्यटनको विकास गर्दै आएको बताउँदै उनले धेरै पर्यटकीय सम्भावना भएर पनि अपेक्षित प्रवर्द्धन हुन नसकेको ठूलाकोट–ठूला स्वाहाँरा क्षेत्रमा पर्यटनसम्बद्ध क्षेत्रका विज्ञ, प्रतिनिधि तथा सञ्चारकर्मीको अवलोकन भ्रमण गराइएको थियो ।
उत्तरमा मादी नदी, दक्षिणमा सेती, पूर्वमा बेगनास पचभैया र पश्चिममा सुनपदाली विजयपुरभित्र रहेको पोखरा महानगरपालिका–२८ स्थित ठूलाकोट र नजिकै रहेको कास्कीकै मादी गाउँपालिका–५ स्थित ठूलास्वाहाँरा यस क्षेत्रकै ऐतिहासिकस्थलका रुपमा चासो र चर्चा कमाएका छन् ।
ठूलाकोट मौजाको रूपमा इतिहासदेखि नै चासो र चर्चा कमाएको यस ठाउँबाट नजिकै रहेको कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल अर्घौंअर्चलेका कारण पनि यहाँको गरिमा र महत्व अझै बढाएको छ ।
कवि शिरोमणिले ठूलाकोट र आसपासका प्राकृतिक दृश्य लोभलाग्दा छन् । उत्तरतर्फ चाँदीजस्तै टलक्क टल्किएका हिमाल, यसको काखमा छचल्किइरहेका पोखरा तथा लेखनाथका तालतलैयालाई अझै पनि पर्यटकीयरुपमा अपेक्षित उपयोग भने गर्न नसकिएको नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी सदस्य एवं पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष टीकाराम सापकोटाले बताए ।
उक्त भ्रमणमा पोखरा महानगरपालिका–२८ का वडाध्यक्ष श्रीकृष्ण लामिछाने, रासस प्रमुख बासुदेब पौडेल, नेपाल टेलिभिजनका परशुराम शर्मा, पर्यटन व्यवसायी एवं नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशका पूर्वअध्यक्ष जीवनराज सापकोटा, भिटोफ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष तारानाथ पहारी, ठूलास्वाहाँरा टोल विकास संस्थाका अध्यक्ष एवं मादी गाउँपालिका होमस्टे महासङ्घका अध्यक्ष भीम गुरुङ पर्यटनविज्ञ डा रामजी शर्मा, प्राध्यापक दीपेन्द्र पहारी, हाइकर्स क्लब नेपालका अध्यक्ष कृष्ण रानाभाट, फिलिपिनी नागरिक लारा,
प्रतिक्रिया दिनुहोस