वाई सर्भिस क्लब अफ पोखराद्धारा खानेपानी वितरण
525 Views
पोखरा । वाई सर्भिस क्लब अफ पोखरा नेपालले नेपालीहरुको महान चाड वडा दशैंको पहिलो दिन घटस्थापनाको अवसरमा विभिन्न संघसंस्थाहरुले आयोजना गरेका धार्मिक शोभायात्रामा सहभागी महानुभावहरुको लागि निशुल्क खानेपानी वितरण गरेको छ ।
पोखरा महानगरमा रहेको अत्यन्तै चर्चित देवीको मन्दिर विन्दवासीनी मन्दिर व्यवस्थापन समितिले हरेक वर्ष आयोजना गर्ने धार्मिक शोभायात्रामा हजारौं धर्माबलम्बीहरु सहभागी भएका थिए । उनिहरुको लागि क्लबले विभिन्न स्थानहरुमा खानेपानी राखेको क्लबका अध्यक्ष अरुण रानाभाटले वताए ।
त्यसै गरी पोखरा ९ दरबारथोक स्थित चण्डी माई सेवा समितिले मन्दिर परिसरमा आयोजना गरेको नवदुर्गा पुजा तथा चण्डी पाठ कार्यक्रममा पनि क्लबले खानेपानी वितरण गरेका थियो ।
सोमबार एकै दिन सयौं भक्तजनहरुले उक्त सेवाको सदुपयोग गरेका थिए । स्थापनाको केहि समयमै क्लबले सामाजिक उत्तरदायित्व अन्तरगत खानेपानी वितरण गरेको कोषाध्यक्ष पुनम गुरुङले वताइन ।
साउथइष्ट एशिया रिजन अन्र्तगत हङकङ डिष्ट्रीक्ट अन्तरगत रहेको वाइ सर्भिस क्लब अफ पोखरा नेपालले गत हप्ता दक्षिण भारतको वाइजमेन इन्टरनेशनल क्लबसंग भाइचारा सम्बन्ध पनि वनाएको सचिव पत्रकार कृष्ण रानाभाटले वताए ।
क्लबमा बैंकर, प्रतिष्ठित व्यापारी, पत्रकार, पर्यटन व्यवसायी, नर्स, विद्यार्थी, इञ्जिनियरहरु गरी २५ जना आवद्ध रहेका छन् ।










प्रतिक्रिया दिनुहोस