धादिङ निर्वाचन क्षेत्र नँ २ बाट संघीय संसद को उम्मेदवार राप्रपा नेपालबाट आईतराम तामाङ (आराम) उठ्दै
637 Views
धादिङ, भदौ २० खाेज मिडिया । राप्रपा नेपाल काे निवर्तमान राष्ट्रिय अध्यक्ष एवम अहिलेका सहमहामन्त्री आईतराम तामाङ (आराम) धादिङ निर्वाचन क्षेत्र नँ २ बाट संघीय संसद को उम्मेदवार उठ्ने भएकाे छ ।
युवा नेता जनजाति किसान मजदुरको छाेरा युवाहरुको ढुकढुकी आईतराम तामाङ राप्रपा नेपाल काे चुनाव चिन्ह (तिर) चिन्ह लिएर मंसिर ४ गतेकाे निर्वाचनकाे तयारी हुँदै गरेकाे निर्वाचन प्रचार प्रसार समिति धादिङले जनाएको छ ।
आराम तामाङ यानिकि (आईतराम) राप्रपा नेपालकाे निवर्तमान राष्ट्रिय अध्यक्ष पनि थिए । उनि एक युवा व्यवसायि पनि हुन् । उनले अहिले सम्म धेरै भन्दा धेरै स्थानहरुमा समाजसेवी गर्दै आईरहेका छन् । जहाँ दुःखि, पिडित, असाहाय र समस्यमा परेका धेरै व्यक्तिहरुलाई निजि खर्चबाट सहयाेग गर्दै आईरहेका छन् ।
देशले यत्तिबेला युवा नेताकाे खाेजी गरीरहेकाे अवस्थामा उनी जनाजाती भित्रबाट राप्रपा नेपाल पार्टीमा संलग्न रहि आफ्नाे देश, जन्ता र समुदायको लागि केही न केही गर्नुपर्छ भन्ने भावनाले आँफु राजनीतिमा आएकाे बताउँछन् । उनी एक देश प्रति चिन्ता गर्ने व्यक्ति पनि हुन् । उनले देशको अवस्था र देशमा भईरहेकाे गतिविधिहरुलाई नियालेर नजिकबाट बुजेकाे व्यक्ति भएकाेले गर्दा अबकाे नेपाल सुखि नेपाल, समृद्धि नेपाल देख्न र बनाउन चाहाने जनजाति भित्रका एक युवा नेता पनि हुन् ।
त्यसैगरी भ्रष्टाचार, गुन्डागर्दीकाे अन्त्य गर्दै समाजकाे निर्माण गर्ने प्रयत्नका साथ उनले ल्याएका एजेन्डाहरु क्रमश उल्लेख गरिएको छ ।
अबकाे दिनमा राप्रपा नेपालले यी एजेन्डाहरू लिएर जनतामाझ आउने याेजना रहेकाे जनाएको छ । उनले यी एजेन्डा लिएर अगाडि बढ्ने याेजनालाई साथ र सपाेर्ट गर्नका लागि सम्पूर्ण जनजाति वर्गहरु र सम्पुर्ण नेपालीहरुसगं सुझावकाे अपेक्षा गरेका छन् ।
एजेन्डा :-
क) राष्ट्रकाे लागि :-
१) प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री ।
२) दुई पटकभन्दा धेरै प्रधानमन्त्री बन्न नपाउने ।
३) पुर्ण समानुपातिक संसदिय व्यवस्था ।
४) Recall काे व्यवस्था (स्थानीय देखि केन्द्रसम्मका जनप्रतिनिधिहरूलाई)
ख) जनताका लागि :-
१) नि:शुल्क शिक्षा र स्वास्थ्य ।
२) एक घर एक राेजगारी ।
प्रतिक्रिया दिनुहोस