भाट समाजका अभियान्ता समानुपातिक उमेदवारमा सिफारिस
629 Views
पोखरा । रानाभाट तथा भाट समाज नेपाल कास्कीका पुर्व अध्यक्ष तथा पुर्व केन्द्रिय सदस्य बुद्धिबहादुर रानाभाट नेपाल कम्युनिस्ट पार्र्टी (एकीकृत समाजवादी) को तर्फबाट समानुपातिक उमेद्वारमा सिफारिस भएका छन् ।
२०४७ सालदेखि नेपाली कम्युनिष्ट आन्दोलनमा अनवरत रुपमा लागेका हाल नेकपा एस कास्की जिल्ला कमिटि सदस्य रानाभाट सामाजिक सञ्जालमा उनले कास्की निर्वाचन क्षेत्र नम्बर २ अन्तरगत प्रदेश ‘ख’ समानुपातिक तर्फ सिफारिस गर्नुहुने सम्पुर्ण पार्टी नेताहरुलाई हार्दिक धन्यवाद भन्दै पोष्ट गरेका छन् ।
हाल भाट समाजद्धारा संचालित पवित्र वचत तथा ऋण सहकारीका अध्यक्ष समेत रहेका रानाभाट सामाजिक रुपमा पनि सक्रिय व्यक्तिको रुपमा चिनिन्छन् ।





प्रतिक्रिया दिनुहोस