कांग्रेस लमजुङबाट प्रतिनिधि सभाका लागि १२ जना सिफारिस
373 Views
लमजुङ ,१८ भदौ, नेपाली कांग्रेस लमजुङले प्रतिनिधि सभा निर्वाचनका लागि १२ जनाको नाम उम्मेदवारमा सिफारिस गरेको छ। प्रतिनिधिसभाको उम्मेदवारका लागि प्रत्यक्षतर्फ ७ जना र समानुपातिकतर्फ ५ जनाको नाम सिफारिस गरेको हो।
जिल्ला सभापति डा. टकराज गुरुङ, पूर्व सभापति तुलसीनारायण श्रेष्ठ, संविधानसभा सदस्य चन्द्रबहादुर कुंवर, नेपाल सांस्कृतिक महासंघका अध्यक्ष तीर्थबहादुर थापा, नेताहरू विष्णुप्रसाद धिताल, यमबहादुर गुरुङ र डा. बासुदेव गिरी सिफारिस भएका हुन्।
यस्तै समानुपातिकतर्फ कोपिला विक, कृष्णमाया विक, तिरकाशी गुरुङ, शुभनाथ मिश्र र गर्जबहादुर गुरुङको नाम सिफारिस भएको छ।





प्रतिक्रिया दिनुहोस