लमजुङ कांग्रेसले गर्याे प्रदेशसभामा उम्मेदवार सिफारिस
339 Views
लमजुङ, १७ भदौ. नेपाली कांग्रेस लमजुङले प्रदेश सभा निर्वाचनका लागि प्रदेश सभा ‘क’ र ‘ख’ का लागि उम्मेदवार सिफारिस गरेको छ । ४ मंसिरमा हुने निर्वाचनका लागि कांग्रेसले प्रत्यक्षतर्फ प्रदेश ‘क’का लागि ४ जना र प्रदेश ‘ख’का लागि ७ जनाको नाम सिफारिस गरेको छ ।
प्रदेश सभा ‘क’का लागि पूर्व सभापति शंकरकान्त जोशीसहित नेताहरु डिकेन्द्रराज कंडेल, रामकृष्ण कंडेल र सुवाश पौडेल छन् ।
यस्तै प्रदेश सभा ‘ख’का लागि निवर्तनमान जिल्ला सभापति भेषबहादुर पौडेल, वर्तमान उपसभापति आनन्द घिमिरे, जिल्ला सभापतिका प्रत्यासि एवं जिल्ला सदस्य गमप्रसाद गुरुङ, महाधिवेशन प्रतिनिधि एवं तरुण दल लमजुङका अध्यक्ष ललित गुरुङ, नेविसंघका पूर्व केन्द्रीय कोषाध्यक्ष शिवराज रिमाल, नेताहरु डा. लक्ष्मीकान्त पौडेल र नवराज न्यौपाने उम्मेदवार सिफारिस भएका छन् ।
कांग्रेस स्रोतका अनुसार प्रदेश सभा ‘क’ मा पूर्व सभापति शंकरकान्त जोशी र प्रदेश सभा ‘ख’मा निवर्तमान सभापति भेषबहादुर पौडेलले टिकट पाउने प्रवल सम्भावना छ ।
जोशी जिल्ला विकास समिति लमजुङका पूर्व सभापति हुन् भने पौडेल २०७४ को स्थानीय चुनावमा बेसीसहर नगरपालिकाको मेयरमा पराजित भएका थिए । कांग्रेस लमजुङले प्रतिनिधि सभातर्फ भने उम्मेदवार सिफारिस गरेको छैन् ।





प्रतिक्रिया दिनुहोस