काहुँखोला भाट समाज रक्तदानमा २६ युनिट रगत संकलन
508 Views
पोखरा । काहुँखोला भाट समाज नेपालको आयोजनमा बिहिवार आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथी पोखरा १३ का वडा अध्यक्ष किरण बरालद्वारा पहिलो रक्तदाता सुजु रानाभाटलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरिएको थियो ।
त्यसै गरि विशेष अतिथी काहुँखोला टोलबिकास समिती अध्यक्ष डम्बरबहादुर गुरुङ तथा सचीव माहदब सिग्देल लगाएतले शुभकामना व्यक्त गर्दै रक्तदानको महत्वको बारेमा बोलेका थिए ।
काहुँखोला भाट समाजले सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रम आयोजना गरेको बताउँदै अध्यक्ष सुबेदार भिमबहादुर रानाभाटले रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्दै रक्तदान कार्यक्रम हरेक हप्ता गर्नुपर्ने बताएका थिए ।
अध्यक्ष सु भिमबहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सदस्य सबिना रानाभाटले गरेकी थिइन् ।





प्रतिक्रिया दिनुहोस