नारायणी नदी व्यवस्थापनका लागि २५ अर्बको गुरूयोजना, बजेट आउँछ ९ करोड
1123 Views
चितवन, खाेज मिडिया १० असार । ठूलो मानवीय क्षे*ति नभए पनि नारायणी नदीले चितवन र नवलपरासी क्षेत्रमा वर्षेनी अ*सर पु*र्याउने गरेको छ। वर्षायाममा आउने बा*ढीले वर*परका जमिन क*टान गर्नुका साथै नजिकका ब*स्ती डु*वानमा पार्ने गरेको छ। यस वर्ष असारको पहिले दिन नारायणी नदीमा ठूलो बा*ढी आयो। त्यसदिन १० मिटर भन्दा बढी उचाईसम्म पानीको ब*हाव देखिएको थियो। जसलाई नारायणीमा अहिलेसम्मकै सबैभन्दा बढी पानी बगेको भनिएको छ। यो बा*ढीका कारण भरतपुर महानगरपालिकाका ३, १६, २६, २७ र २८ का गरी २४७ जनालाई उ*द्धा*र गर्नुपरेको जिल्ला प्रशासन कार्यालय बताउँछ। बेलैमा तटबन्धनगरी व्यवस्थित गर्न नसकिए नदीले चितवनका २९ हजार घर*धुरी र ८६ हजार जनसंख्यालाई प्र*त्यक्ष अ*सर पार्ने आँकलन गरिएको छ। नारायणी न*दीले पार्नसक्ने जो*खि*मको विषयमा सम्बन्धित निकायहरु जनाकार नभएका पनि होइनन्। नदी नि*यन्त्रणकै लागि भनेर नारायणी नदी व्यवस्थापन आयोजना नै सञ्चालनमा छ।
पूर्वप्रधानमन्त्री! मूख्यमन्त्री देखि लिएर उच्च तहका कर्मचारीहरु हरेक वर्ष बा*ढी आएको समयमा अव*लोकनका लागि भन्दै नदीको तीर तिर पुग्ने गर्छन्।
आस*पासका स्थानीयलाई अर्को वर्षसम्ममा समस्या समाधान हुने आश्वासन दिएर फर्कन्छन्। कैयौं नेताले यहीँको तटबन्धनलाई मु*द्दामा राखेर चुनाव जिते। तर समस्या जहाँको त्यहीँ छ। यस वर्ष पनि बस्तीमा बा*ढी पसेको केही दिनपछि प्रचण्ड गृह जिल्ला आइपुगे। बा*ढीले क्षे*ति पुर्*याएको ठाउँमा गुगेर अवलोकन गरे। स्थानीयलाई पहिलेकै झैं आश्वासन दिए अनि जिल्ला प्रशासन कार्यालयमा नारायणी नदी व्यवस्थापन आयोजनाका प्रमुखलाई बोलाएर नदीमा भएका काम बारे जानकारी लिए।
पहिलो पटक प्रधानमन्त्री हुँदा मैले नै हो जनताको तटबन्धन कार्यक्रम ल्याएको। त्यस कार्यक्रमबाट केही काम भयो। दोस्रो पटक प्रधानमन्त्री हुँदा चक्र*पथसहितको तटबन्धन कार्यक्रम ल्याइयो त्यसबाट पनि काम भइरहेको त छ।
तर पछिल्लो समयमा सरकारले चितवनलाई सहयोग गर्न छाड्यो। उनले भने! प्रचण्डको ठाउँमा योजना पार्नै हुँदैन भन्ने मानसिकता छ। चितवनमा बजेट पार्यो भने प्रचण्डलाई फाइदा हुन्छ! पार्नु हुन्न भन्ने छ उनीहरूलाई ।
यसपालि पनि प्रचण्डले नारायणी नदीको व्यवस्थापनका लागि आवश्यक ब*जेट ल्याउन प*हल गर्छु भन्न भने छुटाएनन्।
केही दिनअघि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नदीले क*टान गरेको क्षेत्रको अनुगमन गरेका थिए।
उनको आ*श्वास पनि पोहोरको भन्दा फरक थिएन। फर्किएपछि उनले नदी व्यवस्थापनका लागि भनेर ५० लाख रूपैयाँ बजेट छु*ट्टाएको ख*बर चितवन पठाए । तर विशाल नदी नारायणीको व्यवस्थापनका लागि केही लाख रूपैयाँ बजेट भनेको (हात्तीको मुखमा जिरा) सरह हो। नारायणी नदी व्यवस्थापन आयोजनाका प्रमुख रूकमाङ्गत खनालकाअनुसार नारायणी नदीको व्यवस्थापनका लागि भनेर गत वर्ष २४ अर्ब रुपैयाँको गुरूयोजना तयार भएको छ। तर उक्त गुरूयोजनाको जानकारी पाउँदा पाउँदै संघीय सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि नदी व्यवस्थापन गर्न भनेर ७ करोड रुपयाँ मात्रै बजेट छुट्टायो।
उक्त रकम नदीले असर पारेका विभिन्न खण्डमा सामान्य काम गर्दा सकियो। सरकारले आगामि वर्षका लागि ९ कारोड रुपैयाँ छुट्टाइएको छ।
*यो बजेटले पनि केही हुनेवाला छैन।’खनालले भने! अर्बौं ब*जेट चाहिने योजनामा आएको केही क*रोड कता लगेर टा*ल्ने भन्ने नै अन्योल हुन्छ। योजना अनुसारको ब*जेट नआउँदासम्म प्रभा*वकारिता देखिन्न।’
भरतपुर:२६ मा पर्ने सिसही क्षेत्रमा नारायणी नदीको क*टान धेरै छ। उक्त क्षेत्रमा नदी व्यवस्थापनका लागि भनेर आयोजनाले १३ करोड रूपैयाँ ब*जेट माग गरेको थियो । तर गत फागुनमा अर्थमन्त्रालयले उक्त बजेटको केही हिस्सामात्रै उपलब्ध गराउन सक्ने जानकारी गरायो ।
असारको पहिलो हप्ता मात्रै यहाँको कामका लागि भनेर २ करोड रूपैयाँ ब*जेट विनि*योजन भएको छ। ११ सय मिटर क्षे*त्रलाई व्यवस्थापन गर्नुपर्नेमा ३५० मिटर क्षेत्रलाई मात्र व्यवस्थापन गर्ने त*र*खर चलिरहँदा न*दी ब*ढेर काम गर्न नसक्ने अवस्था आइसकेको छ।
नारायणी नदीले भरतपुर:२६ कै गाँजिपुर/ भरतपुर:२८ को गोलाघाट लौखुरी क्षेत्रमा पनि वर्षेनी असर गर्ने गरेको छ। तर ती क्षेत्रमा पनि ब*जेटकै अ*भावले काम अघि बढ्न सकेको छैन।
नारायणी नदी व्यवस्थापन आयोजनाका प्रमुख खनालले नदीको चितवनतर्फको ३५ किलोमिटर क्षेत्रका लागि करीब सवा ९ अर्ब र नवलपरासीतर्फको ५५ किलोमिटर क्षेत्रका लागि करीब साढे १४ अर्ब बजेट आवश्यक पर्ने बताए। नारायणी नदीलाई साँच्चै व्यवस्थापन गर्ने हो भने ठूलो ब*जेट छुट्टाउनुपर्छ। अहिलेको जसरी काम गरेर दी*गो व्यवस्थापन हुँदैन। उनले भने! *अहिले त बा*ढी आएको बेलामा ढुंगा हाल्ने बोरा किन्ने पैसा पनि हामीसँग हुँदैन।* उनले बा*ढी बस्ती पस्न नदिनका लागि बोरामा ढुंगा हालेर बाँध बाधौं भन्दा बोरा किन्ने पैसा पनि नहुने बताए । *आकस्मिक कोषमा पैसा भयो भने यस्ता कामहरू गर्ने हो! असारदेखि भदौसम्मको अव*धिमा हामीसँग यो कोषमा पैसै हुँदैन! उनले भने/ योजनामा आएको पैसा त्यता खर्च गर्न मिल्दैन। बा*ढीले क्षे*ति गरेको टुलु*टुलु हेरेर बस्नुपर्छ।
खनालले योजनाअन्तर्गतको रकम पनि बेलैमा प्राप्त नहुने! काम गर्ने समय ६ महिनामात्रै हुने/ ठूलो हिस्सा चितवन राष्ट्रिय निकु*ञ्जसँग जोडिएकाले उसको स्वी*कृत लिन झन्झट हुनेलगायतका समस्याले काममा कठि*नाई भइरहेको बताए।
प्रदेश सांसद कृष्णप्रसाद भुर्तेलले जनतालाई बा*ढीबाट जोगाउने काम गरिहाल्नुपर्यो भनेर पटक/पटक मन्त्रालय र नेताको निवास धाउने गरेको बताउँछन्।
*अरू काम गर्दै गरौंला/ पहिले जनतालाई बचाउने काम गरौं भन्ने गरेको छु। कुरो सुन्दा हुन्न कसैले भन्दैन तर जुन सरकार आए पनि चाहिँदो ब*जेट आउँदैन। उनले भने! सरकारको काम बा*ढीले बगाएपछि उ*द्धार गर्न सुर*क्षाकर्मी खटा*उनेमात्रै हो कि झैं भयो ।
प्रतिक्रिया दिनुहोस