फेवाताल सं*र*क्षण घो*टाला ; २८ करोडको गुणस्तरहीन
356 Views
पाेखरा, खाेज मिडिया ७ असार । गण्डकी प्रदेश सरकार र पोखरा महानगरको संयुक्त २८ करोड १६ लाख रुपैयाँमा फेवातालको संरक्षण गर्न भन्दै फेवातालको सिरानमा रहेको बेत्यानी खोलामा दुई/ लौरुक/ अँधेरी खोला तथा हर्पन खोलामा एक/एक चेक ड्याम बनाउन ठेक्का दिइएको थियो । १५ महिनामा सक्ने गरी २०७६ पुस महिनादेखि ती पांच वटै सुरु सिल्ट्रेसन ड्याम निर्माण शुरु भएको थियो।
निर्माण सम्पन्न भएको पहिलो वर्षमा नै लगानी उठाउने गरी फेवातालको मुहानतिर बनाइएका पांच वटा सिल्ट्रेसन ड्याम गुणस्तरहीन बन्दा पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको योजनामा धक्का लागेको त छ नै/ ती गुणस्तरहीन बाँध कतिबेला भत्किएर सत्यानाश पार्ने हो भनेर ती बाँधभन्दा तल्लो भागमा बसोबास गर्ने बासिन्दाहरु त्रासमा बाँचिरहेका छन्।
बर्षैपिच्छे करोडौं रुपियाँ कमाउने मिठो सपना बुनेको पोखरा महानगरपालिकाले गुणस्तरहीन काम गर्ने निर्माण कम्पनीलाई का*र*बाही गर्नुको सट्टा जोगाउन खोज्दा बिबादमा तानिएको छ।
फेवाताल जलाधार क्षेत्र संरक्षण कार्यक्रम अन्तर्गत पोखरा २४ पामेस्थित बेतयनी खोला एक र दुई लौरुक खोला/ पोखरा २३ र २४ को अँधेरी खोला र पोखरा २३ स्थित हर्पन खोला घाँटीछिना गरी पाँच ठाउँमा चेकड्याम बनाएर सिल्ट्रे्सन ड्याम निर्माण सम्पन्न गरेका हुन् ।
ड्यामले बर्सेनी तालमा थुप्रिने लाखौं मेट्रिक टन गेग्य्रान रोक्ने र थुप्रिएका गेग्य्रानबाट आम्दानी गर्ने दुवै सरकारको योजना थियो । फेवातालमा वर्षेनी एक लाख ४२ हजार मेट्रिक टन गेग्य्रान जम्मा हुने आंकलन गरिएको छ ।
प्रदेश र महानगर दुवैले सिल्ट्रेसन ड्याममा जम्मा भएका बालुवा र गीति बेचेर वार्षिक २३ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेका थिए।
बेतयनी खोला आयोजनाको स्याङ्जाको श्री गीता र जयनेपाल इश्वर जेभ/ लौरुक खोला/ अँधेरी खोला तथा हर्पन खोला गरि ३ वटा आयोजना खड्का कृष्ण र पिके जेभी दाङले ठेक्का पाएका छन् ।
बेतयानी खोलामा ५ करोड ४६ लाख ५८ हजार लागतमा दुई वटा/घाँटीछिनामा ७ करोड ८८ लाख ६२ हजार लागतमा एउटा/ लौरुकमा ५ करोड ७४ लाख ८४ हजारमा एउटा/अँधेरी कुनामा ९ करोड ६ लाख ४ हजारमा एउटा बन्नेछन् ।
वार्षिक २३ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएर फेवातालको सिरानमा पाँच वटा सिल्ट्रेसन ड्याम बनाउन गण्डकी प्रदेश सरकार र पोखरा महानागपालिकाले करीब २८ करोड रुपियाँमा ठेक्का दिएकोमा ती ड्याम गुणस्तरहीन बनेपछि अति जोखिमपूर्ण अवस्थामा रहेका ती ड्याम मर्मतका लागि आबश्यक ३८ करोड खर्च गर्ने गरी पोखरा महानगरपालिकाले पोखरा सिल्ट्रेसन प्रालिलाई २४ वर्षका लागि ठेक्का दिएको छ। न त स्थानीय सरोकारवालाहरुसंग छलफल गरिएको छ । न त वातावरणीय प्रभाब मुल्यांकन नै गराएको छ।
वार्षिक २३ करोड रुपैयाँ आम्दानी हुनसक्ने अवस्थामा ३८ करोड रुपियाँ ख*र्च गर्ने कम्पनीलाई किन २४ वर्षका लागि ठेक्कामा दिएको होला ? सिल्ट्रेसन ड्याम निर्माण गर्ने ठेक्का पाएका कम्पनीहरुले योजना सम्पन्न गरेर विनियोजित बजेट समेत लगिसकेका छन्। तर वार्षिक करोडौं रुपियाँ कमाउने सपना बोकेको पोखरा महानगरपालिकाले आम्दानी हुने बेलामा झन्डै २८ करोड रुपियाँ खर्चिएर बनाएका बाँधहरु भ*त्किन थालेपछि मर्मतको काम सम्बन्धित निर्माण कम्पनीलाई जिम्मा लगाउनुपर्नेमा बचाउन खोजेको जस्तो देखिएको छ।
पोखरा महानागरपालिकाका प्रबक्ता एबम वडा नम्बर ५ का वडाध्यक्ष धनबहादुर नेपालीले सिल्ट्रेसन ड्याम निर्माणमा गुणस्तरहीन काम भएको निष्कर्ष महानागरद्वारा गरिएको छानबिनमा देखिएको बताए। तर गुणस्तर*हीन काम गर्ने निर्माण कम्पनीलाई कार*बाही गर्ने बिषयमा पोखरा महानगरपालिकाले हालसम्म कुनै प्रक्रिया शुरु नगरेको उनले जानकारी दिए।
त्यसो त स्थानीय बासिन्दाले फेवातालको सिरानमा बनाइएका सिल्ट्रेसन ड्याम गुणस्त*रही*न भएको गुनासो गरिरहदा बे*वास्ता गरेको पोखरा महानगरपालिकाले गुणस्तरहीन काम गर्ने निर्माण कम्पनीलाई कारबाही त गरेको छैन नै! ती सिल्ट्रेसन ड्याम मर्मत गर्न आबश्यक ३८ करोड रुपियाँ महानागरसंग नरहेको भन्दै त्यो काम गर्न फेवा सिल्ट्रेसन प्रा.लि.लाई २४ वर्षका लागि ठेक्कामा दिएको छ।
स्थानीय बासिन्दालाई भयमुक्त गराउन यतिबेला ती सिल्ट्रेसन ड्यामलाई ठुल्ठुला ढुंगाले टेको लगाउने प्रयास भैरहेको छ। तर डोजर लगाएर ड्याममा ढुंगाको टेको लगाउने काम गरिरहेका डोजर चालकहरु नै आफ्नो काम प्रति वि*स्वस्त छैनन्। उनीहरु यस वर्षामा ठुलो पानी पर्यो भने जुनसुकै बेला ती बाँध भत्किनसक्ने बताइरहेका छन्।
एकातिर सिल्ट्रेसन ड्याम बनेमा पर्यटकको ओइरो लाग्ने प्रलोभन देखाएर काम शुरु गरेको पोखरा महानगरले गु*णस्तर*हीन काम भयो भन्दा स्थानीय जनताको आवाजलाई सुन्दै सुनेन र उनीहरुको जग्गाको मुआब्जा पनि अहिलेसम्म दिएको छैन। त्यसमा पनि अहिले ती सिल्ट्रेसन ड्यामभन्दा तल्लो भागमा बस्ने स्थानीय बासिन्दा कति बेला बिपत्ति आइलाग्ने हो भनेर भयभित छन्।
प्रतिक्रिया दिनुहोस