चुलाचुलीका आइसोलेसन सेन्टरका लागि अक्सिजन कन्सन्ट्रेटर, स्वास्थ्य सामाग्री र खाद्य सामाग्री सामाग्री सहयोग
604 Views
रजनी तामाङ
पोखरा ०४ असार खोज मिडिया। दोस्रो भेरियन्टको को*रोना भाइरस स*ङ्क्रमणको सुरुवातसँगै को*रोना भाइरस स*ङ्क्रमणबाट देशको सबै जसो स्थानमा नागरिकहरुको स्वास्थ्य र*क्षाका लागि सहयोग गर्ने सहयोगी हा*तहरुको ओइरो नै लागि रहेको स्थिति छ। यसै क्रममा उर्जाशील युवाहरुको एउटा सक्रिय टिम जसको नाम नै गर्व गर्न लायक छ।
से*वाको लागि युवा समुह पोखराले इलाम जिल्लाको चुलाचुली गाउँपालिकामा संचालानार्थ अस्थायी कोभिड आइसोलेसन केन्द्रको निम्ति २,४५,००० रुपैयाँ बराबरको २ थान अक्सिजन कन्सन्ट्रेटर लगायत अन्य स्वास्थ्य सामग्रीहरु पीपीइ सेट, सर्जिकल माक्स, हेण्ड ग्लोब्स, अक्सिजन माक्स र सेनिटाइजर चुलाचुली गाउँपालिकाका गाउँपालिका अध्यक्ष प्रदिप चन्द्र राई, गाउँपालिका उपाध्यक्ष निर्मला दाहाल र चुलाचुली वडा नं-४ का वडा अध्यक्ष कालिदास भट्टराई समक्ष संयुक्त रुपमा हस्तान्तरण गरेका छन्।
चुलाचुली वडा नं-४ का १९ घर परिवारलाई रु.३०,०००।- बराबरको खाद्य सामग्री पनि सोहि टिमले वितरण गरिएको छ। साथै चुलाचुलीका उर्जाशील युवा सन्दिप माझी, डिल्ली हाङ्सु रुम्वा, सुवास राई र थिर प्रसाद दाहाल लगायतका युवाहरुले सो सहयोग कार्यको समन्वय गरेका थिए। को*रोना कहरकै बीच यस्तो खालको ठुलो सहयोगको निम्ति सेवाको लागि युवा समूह पोखरा प्रति त्यहाँ जनप्रतिनिधिहरुले आ*भार व्यक्त गरेका हुन्।
प्रतिक्रिया दिनुहोस