दार्चुलामा नेकपा एकीकृत समाजवादी पार्टीको अध्यक्ष पदको लागि सहमति जुट्न सकेन
973 Views
दार्चुला, १८ कात्तिक, खोज मिडिया । दार्चुलामा नेकपा एकीकृत समाजवादी पार्टीको अध्यक्ष पदको लागि सहमति जुट्न सकेको छैन् । जिल्ला कमिटी घोषणाको तयारी भइरहेको बेला नेकपा एस पार्टीमा अध्यक्ष पदको लागि सहमति जुट्न नसकेको हो ।
जिल्ला कमिटी घोषणाको पूर्व तयारी स्वरुप दार्चुला इन्चार्ज नरेन्द्र विष्टको उपस्थितीमा गत कात्तिक ८ गते अतरीयामा आंकाक्षीबीच छलफल भए पनि सहमति जुट्न सकेको छैन् । अध्यक्ष पदको लागि इन्द्रसिह विष्ट र गणेशकुमार जोशीबीच सहमति जुट्न सकेको छैन् ।
अध्यक्षका दाबेदार रहनुभएका विष्टले भन्नुभयो, म प्रतिगमनको विरुद्वमा सुरुदेखि लडे । केपी ओलीको पार्टी छोडेर सबैभन्दा पहिलेबाहिर देखिएको जिल्लामा मै हु । तर अहिले एमालेबाट आएर अध्यक्ष पदमा दाबी गरिरहेका छन् । बिष्टले भने जिल्ला घोषणा सभामा उम्मेदवारी यथावत छ । सहमति कुनैहालतमा हुँदैन् ।
नेकपा एसको दार्चुलामा कात्तिक २३ गते पार्टी घोषणा कार्यक्रम तय गरिएको छ । आफुलाई अध्यक्ष नबनाउने सडयन्त्रणअन्तर्गत प्रदेश कमिटीमा सिफारिस गरिएको प्रति नेता विष्टले आपत्ति जनाउनुभयो । अरु नेताहरुको नाममा मेरो सहमति छ तर मेरो सहमतिबीनै कसरी नाम सिफारिस भयो । मेरो सहमति बिना प्रदेश कमिटीमा नाम सिफारिस गरिएको बारे आफुलाई जानकारी नभएको बताए । म प्रदेश कमिटी सदस्य कुनै हलातमा ओअनि स्विकार्दैन म दार्चुला सबैभन्दा सिनियर नेता हु अहिले गणेश जोशि एमालेका ४/५ जनलाई बोकेर अध्यक्ष बन्न धनगढी बसेर लबिङ गरिरकेको समेत बताए ।
एमालेको वार्ड अधिबेशन सकेर जनक डागा अहिले धनगढी आएर नेकपा एसको सचीवको दाबी गरिरहेको समेत बताए। जनक डागा र अजब बिष्टले एमाले परित्याग गरेर नेकपा एसमा प्रवेश गर्नु समेत बताए ।अजब बिष्ट एमालेका निर्वाचित वार्ड अध्यक्ष हुन् । नेतृत्वले मलाई अन्याय गर्दै छ। जिल्ला इन्चार्जको पनि सकारात्मक भुमिका समेत नरहेको बताए ।





प्रतिक्रिया दिनुहोस