एकै दिन मा बौद्धिमाई नपा वडा ८ र ९ जसपाको वडा कमिटी गठन कार्यक्रम सम्पन्न
1048 Views
चन्दन कुमार महतो ।
रौतहट, कार्तिक १३ गते,खोज मिडिया । रौतहटको बौद्धिमाई नगरपालिका -८ र ९ मा एकै दिन जनता समाजवादी पार्टी नेपाल को संगठन सुदृढीकरण एवं जनजागरण (सुज) अभियान अभिमुखिकरण तथा वडा कमिटी समायोजन कार्यक्रम सम्पन्न भएको छ। जनता समाजवादी पार्टी नेपाल,रौतहट बौद्धिमाई – ८र ९ सरमुज्वामा वडा कमिटिको आयोजनामा सम्पन्न कार्यक्रम बौद्धिमाई नगरपालिकाको वडा नम्बर ८ र ९ सरमुज्वामा सम्पन्न भएको छ।
वडा कमिटी समायोजन कार्यक्रम अन्तर्गत बौद्धिमाई नगरपालिकाको वडा नम्बर – ८ सरमुज्वामा १३२ सदस्यीय र ९ मा ३१ सदस्यीय वडा कमिटी गठन कार्य सम्पनन भएको छ। वडा नम्बर -८ सरमुज्वामा नयाँ वडा कमिटिका वडा कमिटी अध्यक्षमा रेखा राय यादव, उपाध्यक्ष तिलधारी मुखिया ,बिरेन्द्र यादव, रामचन्द्र राय यादव, कोषाध्यक्ष सन्झा देवि महतो , सचीव किसनन्दन पसवान र स सचिवमा सुनिल यादव , अशोक प्रसाद यादव लगायत १३१ सदस्यीय र वडा नम्बर ९ सरमुज्वामा नयाँ वडा कमिटिका वडा कमिटी अध्यक्षमा रामप्रसाद यादव , उपाध्यक्ष रामाकान्त दास , श्याम बाबू मुखिया , कोषाध्यक्ष सुगान्धी देवी दास सचिव जय शंकर यादव र स सचिवमा राजदेव यादव लगायत ३१ सदस्यीय जसपाका वडा कमिटी गठन भएका छन ।
कार्यक्रममा प्रमुख अतिथि जसपाको केन्द्रीय सदस्य तथा रौतहट क्षेत्र नं.२ विधानसभा ‘ख’ को विधायक माननीय रामकिशोर यादव उर्फ किशोरी यादव तथा विशिष्ट अतिथि बौद्धिमाई नगरपालिकाको नगर प्रमुख प्रदेश २ को जसपा प्रदेश सदस्य युवा मेयर राजीव रंजन यादव तथा जसपाको केन्द्रीय सदस्य युवा नेता विवेक कुमार यादव , जसपाको प्रदेश सदस्य तथा समन्वय समितिको उपसभापति राम आशिष यादवले आसन ग्रहण गर्नु भएको थियोे ।
कार्यक्रममा बौद्धिमाई नगरपालिकाको नगर प्रमुख राजीव रंजन यादवले सम्पूर्ण जनसमुदायमा आउदै गरेको हिन्दुहरुको महान पर्व दीपावली तथा छठ पर्वको शुभकामना दिदै संगठन सुदृढीकरण एवं जनजागरण (सुज) अभियान अभिमुखिकरण कार्यक्रम जनता समाजवादी पार्टीको केंद्रीय निर्देशन अनुसार मुख्य उद्देश्य पार्टिलाई जरादेखि नै बलियो बनाउनु , पार्टी संगठन सुदृढ गरी अगामी निर्वाचनमा जसपा पार्टिको केन्द्रसम्म बहुमत ल्याई सफल हुन साथै जसपाले मात्र समग्र मधेशी जनताले खोजेको संघीयता,सुशासन, समृद्धि र समाजवाद ल्याउन सक्ने उहाँले बताउनु भयो ।
कार्यक्रममा बौद्धिमाई नगरपालिकाको नगर उपप्रमुख प्रेमलता कुशवाहा, प्रदेश सदस्य सेख कलाम , सेख जररुल , युवा नेता मो सकिल अकतर , जसपा नेपाल बौद्धिमाई नपाको नगर कमिटी अध्यक्ष तथा बौद्धिमाई नपा वड़ा नं. ६ पिपरिया परोहाका वडा अध्यक्ष हृदय नारायण राय यादव, बौद्धिमाई नपा वड़ा नं. ४ इनरवारीका वडा अध्यक्ष देव् नारायण प्रसाद जयसवाल, वडा नमबर ३ मटीअर्वाका वडा प्रत्याशी मणिभूषण साह, बौद्धिमाई नपाको कार्यपालिका सदस्य युवा नेता काशीराम पासवान , युवा नेता सिकेन्द्र यादव , रामाधार प्रसाद पटेल , युवा नेता नरेन्द्र प्रसाद कुशवाहा ,युवा नेता लखिन्द्र यादव, युवा नेता प्रमोद यादव तथा जसपाका नेता कार्यकर्ताहरू लगायत आम सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।





प्रतिक्रिया दिनुहोस