एनआरएनए जापानमा दिनेश गुरुको उम्मेदवारी घोषणाः ६ महिनामा नेपाल हाउस स्थापना गर्ने दाबी
753 Views
टोकियो । जापान स्थित गैरआवासीय नेपाली संघ एनआरएनएको नेतृत्वको लागि दिनेश गुरुङले उम्मेदवारी दिने भएका छन् । स्याङ्जाको गुरुङ गाउँ दरौ(शिरुबारी)मा जन्मिएका व्यवसायी तथा सामाजिक अभियान्ता दिनेश गुरुङले गैरआवसीय नेपाली संघ (एनआरएनए) जापानको नेतृत्वमा दावी गर्दै उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
सूर्योदयको देश जापानबाट नेपालले लिन सक्ने अधिकतम सहयोग र देशको बिकासमा जापानले गरेको प्राविधिक बिकासबाट सिक्दै जापानको प्रविधिलाई नेपाल भित्र्याउनका लागि उचित वातावरण निर्माण गर्न गैरआवासीय नेपाली संघ जापानमा आफ्नो नेतृत्वको टिम आवश्यक रहेको भन्दै यस पटक अध्यक्षको पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको जापान स्थित नेपाली संचारकर्मीलाई जानकारी दिए ।
एनआरएनए जापानको तेस्रो कार्यकालमा कोषाध्यक्ष निर्वाचित भई सफल कार्यकाल निर्वाह गरिसकेका गुरुङ अहिले आइसीसी सदस्य छन् । एनआरएनए जापानको अध्यक्ष पदमा आफ्नो दावी गरेका गुरुङले जापानमा रहेका सबै नेपालीलाई लक्षित गरी ’नेपाल हाउस’ निर्माण गर्ने र यहाँ रहेका नेपालीहरुको जापान बसाईलाई सहज बनाउन एनआरएन जापानले सहयोगी भूमिका खेल्ने वातावरण निर्माण गर्ने बताए ।
नेपाल हाउसभित्र नेपालमा लगानी भित्र्याउन र भ्रमणमा जाने जापानीलाई नेपाल सरकारको सहयोगी भावना निर्माण गरी उनीहरुलाई नेपालका बारेमा जापानी भाषामै जानकारी दिने व्यवस्था गर्ने गुरुङको दाबी छ । त्यस्तै जापानमा रहेका नेपाली विद्यार्थीहरुको समस्या सुनुवाई गर्न हेल्प डेक्सको स्थापना गरी समस्याको समाधान गर्ने एनआरएनएको नेतृत्व तयार हुने उनको भनाई छ ।
नेपाल हाउस भित्र जापानमा रहेका नेपालीहरुलाई आवश्यक सहयोग गर्ने सबै पूर्वाधारको निर्माण गर्ने आफ्नो लक्ष रहेको उनले बताए । जापानमा रहेका नेपालीहरु माझ सहयोगी तथा समयअनुसार आफुलाई ढाल्न सक्ने खुबी भएका सफल व्यवसायी गुरुङ नयाँ नयाँ क्षेत्रमा जोखिम मोल्न सक्ने व्यवसायी मानिन्छन् । उनी जापानमा एक सफल नेपाली व्यवसायीको रुपमा पनि परिचित छन् ।
तमु धीं जापानको अध्यक्ष समेत भईसकेका दिनेश गुरुङ स्याङजा समाज अन्तराष्ट्रिय समन्वय परिषदका वर्तमान सरंक्षक समेत हुन् । एनआरएनए जापानको नेतृत्व चयन आगामी सेप्टम्बर ८ मा हुदैँछ
प्रतिक्रिया दिनुहोस