एनआरएनए महासचिव डा. शर्मालाई कोरोना सं*क्रमण
460 Views
लन्डन, ३०, असोज, खोज मिडिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा.हेमराज शर्मालाई कोरोना सं*क्रमण भएको छ ।
बेलायतको लिभरपुल युर्निभरसिटीमा बरिष्ठ प्राध्यापकको रुपमा कार्यरत डा.शर्मालाई बिहिवार को*रोना पो*जेटिभ देखिएको हो ।
को*रोना भा*इरस बिरुद्धको दुई डोज खोप लिएका शर्मालाई टाउको तथा ज्यान दुःख्ने र ज्वरो लक्षण देखिएका छन् । उनको अन्यः स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ ।
डा.शर्मा गैरआवासीय नेपाली संघभित्र रातदिन खटिएर संस्थाको लागि काम गर्ने मुख्य पदाधिकारीको रुपमा परिचित छन् ।
उनले संघको १० औं महाधिवेशनमा उपाध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेका छन् ।
बेलायतमा अहिले पनि दैनिक ४० हजार भन्दा बढीका को*रोना सं*क्रमण देखिएको छ ।





प्रतिक्रिया दिनुहोस