तेस्रो लहरको कोरोनाको तयारीका लागि विज्ञहरूकाे सरकारलाई दिइयो १८ बुँदे सुझाव
592 Views
रोमन लामा
रामेछाप ०७ साउन खोज मिडिया। हिजो नेपाल जन स्वास्थ्य प्रतिष्ठानले कोरोना भाइरस सङ्क्रमणको महामारी र तेस्रो लहरको तयारीका निम्ति नेपाल सरकारलाई १८ बुँदे सुझाव पेश गरेको छ । बुधबार तीव्र गतिमा हुने परावर्तन (म्युटेसन) क्षमताले गर्दा खेरि र देशहरुको तयारी अवस्थामा कमी हुँदा महामारीका थप हल आउन सक्ने भन्दै १६ जना जनस्वास्थ्य विज्ञहरुले प्रधानमन्त्री शेर बहादुर देउवालाई यसको व्यवस्थापनका लागि १८ बुँदे सुझाव पेश गर्नुभएको हो ।
१८ बुँदे सुझावको पहिलो बुँदामा राजनीतिक वृत्त, नागरिक समाज र स्वास्थ्यकर्मी सहित सबैको सुझाव तथा सल्लाहलाई सम्मान र ग्रहण गर्नसक्ने क्षमता, सत्य निष्ठा र इमानदार छवि भएको व्यक्तिलाई स्वास्थ्यमन्त्री नियुक्त गर्न पनि आग्रह गरिएको छ ।
प्रतिष्ठानका तर्फबाट प्रधानमन्त्री देउवालाई दिइएको सुझावपत्रमा डा. महेश मास्के, कुलचन्द्र गौतम, डा. रीता थापा, डा. बद्रीराज पाण्डे, डा. अरुण उप्रेती, डा. शिवकुमार राई, डा. छत्र अमात्य, डा. शरद वन्त, डा. अभिनव वैद्य, डा. समीर दीक्षित, डा. राजेन्द्र बिसी, डा. तीर्थ राना, डा. लोचना श्रेष्ठ, डा. विन्ज्वला श्रेष्ठ, डा. रजनी शाह र नारायण सुवेदीले हस्ताक्षर गर्नुभएको छ ।





प्रतिक्रिया दिनुहोस