२८४औं नियमित रचना वाचन एवम् सिर्जना आलोक शृङ्खला-२२ को लोकार्पण परिचर्चा
146 Views
कास्की पोखरा,२ जेठ।साहित्य शृङ्खला पोखराको नियमित रचना वाचनको २८४औं शृङ्खला २०८३जेठ २ गते शनिवारका दिन सु-सम्पन्न भएको छ ।
सो कार्यक्रम पश्चिमाञ्चल मा.वि.गैह्रापाटनको सभाहलमा विशिष्ट साहित्यकारहरु,बुद्धीजिवी राजनितिक पार्टिका नेतागणहरुको उपस्थितिमा आलोक शृङ्खला-२२ पुस्तक लोकार्पण एवम् परिचर्चा गित,कबिता,कथा र स्रस्टाहरुको अब्बल रचना वाचन सङ्गै भब्य रुपमा सम्पन्न भएको हो ।
पुर्व क्याम्पस प्रमुख गेहेन्द्रेश्वर कोरालाको प्रमुख आतिथ्यतामा २८४औं नियमित रचना वाचन र सिर्जना आलोक शृङ्खलाको ब्यानर पढेर ब्यानरमा हस्ताक्षर गर्दै कार्यक्रमको ढोका उघारिएको थियो।
उद्घाटन मन्तब्य राख्नुहुदै कोइरालाले नियमित आकस्मिकताका दर्शनका बारेमा प्रभाब पार्दै आकस्मिकतामा गुणात्मक हुने कुरालाई जोड दिनुभयो।
शृङखलाका सल्लाहकार प्राज्ञ डा.कृष्णराज अधिकारीले डिजिटल लतमा लाग्नेहरुलाई मस्तिष्क बिकृत बनाउने भएकाले पठन संस्कृतिलाई अघि बढाउन सुझाउनु भएको थियो।सो अवसरमा लेखिने सामाग्रीहरु लक्षित बर्गसम्म पुग्नुपर्ने,लक्षित बर्गका बिषयलाई उठान गर्नु पर्ने,युवा केन्द्रीत रचना सृजना गर्नुपर्ने र उनिहरुलाई आकषर्ण गर्दै नाराको रुपमा मात्र नभई कलालाई अघि सार्नुपर्ने कुरामा जोड दिनुभएको थियो।
प्राज्ञ नारायण मरासिनीले यो जेठ महिना क्रान्तिको कविता लेख्ने कवि शिद्धिचरण श्रेष्ठ ,काव्य लेखन प्रगतिशिल कविता लेख्ने मानक कवि गोकुल जोशी र पत्रकारिता सङ्गै प्रगतिफाँटका कवि कृष्ण सेन इच्छुकलाई सम्झना गर्नु पर्ने महत्वपुर्ण महिनाको रुपमा भएको कुरा उल्लेख गर्नुभयो।
संस्थाका सल्लाहाकार एवम् दर्शनशास्त्री रामराज रेग्मी,पुर्व अध्यक्ष लोकनाथ पुडासैनी ,शृङ्खलाका परिकल्पनाकार धन प्रसाद तामाङ,बामबुद्धिजिवी रामजी थापा,मार्क्सबादी श्रोत अध्ययन केन्द्रका अध्यक्ष झलकपाणी तिवारी, गण्डकी साहित्य संगमका अध्यक्ष भिम रानाभाट,नियात्रा समाजका केन्द्रीय सदस्य एवम् कलाकार तिलक पुन पुर्जा लगायतले संस्थाको गतिशिलताको बारेमा चर्चा गर्दै शुभकामना मन्तव्य राख्नु भएको थियो।
सिर्जना आलोक शृङ्खला-२२ को समीक्षा सह प्राध्यापक डा.पुण्यप्रसाद शर्माले गर्नुभएको थियो।उप प्राध्यापक एवम आलोक शृङ्खलाका सम्पादक परशुराम कोइरालाले सम्पादकिय भनाइ राख्नुभएको थियो।अर्का सम्पादक उपप्राध्यापक निर्मल शर्माले कार्यक्रमको दौरानमा वाचित रचनाहरुको मिहिन समीक्षा गर्नु भएको थियो। विचविचमा सङ्गम सांस्कृतिक मञ्छ,नेपालका बिकास लुङ्गेली,खेम लामा,डिबि बान्तवा लगायतका साङ्गितिक समुहले जनवादी गितहरु प्रस्तुत गरेका थिए।
लघुकथा प्रतिस्ठान,पोखराका अध्यक्ष कल्याण पन्त,सचिव बिष्णु प्रसाद बास्तोला,सदस्य ढाकामोहन बराल,पोखरेली युवा सांस्कृतिक परिवारका उपाध्यक्ष लक्ष्मण थापा,प्रगतिवादी कवि नुमराज बराल,साहित्यकार बिद्याबिमल बराल,जमुना कायस्थ,सिर्जना साहित्य सदन,घाचोकका पुर्व अध्यक्ष टेकनाथ पिडित,पुर्व प्रधानाध्यापक हृषिकेश बराल,शोभाकान्त गौडेल,कथाकार आर सी आचार्य लगायतका स्रस्टाहरुले गित कविता,लघुकथा,गजल सुनाउंनुभयो ।
विभिन्न साहित्यिक संघ संस्थाहरुको उल्लेख्य उपस्थितिमा सम्पन्न कार्यक्रमको अध्यक्ष लक्ष्मण गौतम हिमालीले गर्नुभएको थियो,उपस्थित महानुभावहरुलाई शृङ्खला कि सदस्य लोचना अधिकारीले शब्द द्वारा स्वागत गर्नुभएको थियो,भने संस्थाका सचिव काजी गाउँलेले कार्यक्रम सन्चालन गर्नुभएको थियो ।





प्रतिक्रिया दिनुहोस