अनलाईन मार्फत सन्देस आदानप्रदान गर्ने एप टेलिग्राम तत्काल बन्द गर्न आदेश
312 Views
काठमाडौं,२ साउन। नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई लोकप्रिय सन्देश आदानप्रदान एप टेलिग्राम तत्काल बन्द गर्न निर्देशन दिएको छ।
शुक्रबार सूचना जारी गर्दै प्राधिकरणले टेलिग्राममार्फत अनलाइन ठगी र मनी लाउन्डरिङ (सम्पत्ति शुद्धीकरण) जस्ता गम्भीर आपराधिक गतिविधिहरूमा संलग्नता तीव्र गतिमा बढिरहेको जनाउँदै, एपको पहुँचमा तत्काल रोक लगाउन निर्देशन दिएको हो।
प्राधिकरणद्वारा जारी सूचनामा भनिएको छ, “टेलिग्राममार्फत अनलाइन फ्रड र मनी लाउन्डरिङ जस्ता गम्भीर अपराधका गतिविधि बढिरहेको जानकारीमा आएकोले उक्त एपको पहुँचमा तत्काल रोक लगाउन सबै इन्टरनेट सेवाप्रदायकहरुलाई निर्देशन दिइएको छ।”
यसअघि पनि प्रहरी र साइबर ब्युरोले टेलिग्राम एपमार्फत ठगी, अवैध कारोबार र डिजिटल अपराध बढेको भन्दै निगरानी र अनुसन्धान तीव्र बनाउँदै आएको थियो। तर अब प्राधिकरणले प्रत्यक्ष रूपमा एपमै प्रतिबन्धको कदम चालेको छ।
यस निर्णयले सामाजिक सञ्जाल प्रयोगकर्ता, सञ्चार स्वतन्त्रता तथा डिजिटल प्रविधिमा निर्भर व्यवसायहरूबीच बहस र प्रतिक्रिया बढ्ने सम्भावना रहेको छ।





प्रतिक्रिया दिनुहोस