553 Views
पोखरा । बृहत फेदिखोला पोखरा सम्पर्क समाजको आयोजनामा शुक्रबार विजया दशमी तथा शुभ दीपावली २०८० को पावन अवसरमा शुभकामना आदानप्रदान तथा फेदीखोलाको वेभसाइट सार्वजनिक गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि फेदिखोला गाउँ पालिका अध्यक्ष घनश्याम सुबेदीले कार्यक्रमको उद्घाटन गर्दै अहिले समय प्रबिधिको भएकोले समाजले वेबसाइट निर्माण गरि आफ्ना सदस्य तथा फेदिखोलाबासीलाई सूचना प्रदान गर्ने कार्य गरेकोमा धन्यवाद दिएका थिए ।
साथै उनले पोखरामा स्थापना भएर पनि गाउँ बिकास निर्माण, शिक्षा स्वास्थ जस्ता न्युनतम आबश्यकता का क्षेत्रमा गाउँपालिकाले सधै सहयोग गर्न तत्पर रहेको बताए ।
सो अबसरमा ठुलाडिहि पोखरा सम्पर्क मञ्चका अध्यक्ष दुर्गा बहादुर शाह बाबा, संस्थाका सल्लाहकार प्रेम प्रसाद गौतम, अक्षयकोषदाता पुण्यप्रसाद सुबेदी, आरुखर्क पोखरा सम्पर्क समितिका यम पौडेल, कालाबाङ घरेडी सामुदायिक होमस्टेका अध्यक्ष यामबाहादुर गुरुङ, संस्थाका उपाध्यक्ष जगदीश लामिछाने, मिडिया संयोजक पत्रकार कृष्ण रानाभाटलगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
वेबसाईट डिजाइन तथा निर्माण कम्पनी वेबपेज नेपाल प्रालिका प्रमुख पितम सेन ठकुरीले वेब साइटमा सकेसम्म धेरै डाटा राखिएको बताउँदै आबश्यकता अनुसार थप्दै जान सकिने बताए । उनले छोटो समयमा सबै कुरा समेट्न नसकिएको बताउँदै आफुले केही समय वेबसाइट संचालनमा सहयोग गर्ने बताए ।
संस्थाका अध्यक्ष कृष्ण बहादुर क्षेत्रीले निकै मेहनत गरेर बनाएको वेबसाइट बाट धेरै भन्दा धेरै फाइदा फेदिखोले जनताले लिन आफ्नो जानकारी मा आएका सूचनाहरु संस्थालाई उपलब्ध गराउन पनि आग्रह गरेका थिए ।
संस्थाका अध्यक्ष कृष्ण क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत सचिब लाल बहादुर कार्की अन्जानले र संचालन सहसचिव मिनप्रसाद सुबेदीले गरेका थिए ।





प्रतिक्रिया दिनुहोस