भोलि हुने प्रथम भगवतीटार आलु महोत्सवको सम्पुर्ण तयारी पुरा
434 Views
पोखरा । कास्की जिल्ला मादी गाउँपालिका वडा नं.१२ भगवतीटारमा प्रथम आलु महोत्सब भोलि फागुन १३ गते शनिबार हुँदैछ ।
भगवती टार जाऔं, अर्गानिक आलुका परिकारमा रमाऔं भन्ने नाराका साथ हुन गइरहेको महोत्सवको मादी गाउँपालिका सह आयोजक रहेकोछ भने मिडिया सहयाेगी कास्की खबर अनलाइन रहेको छ ।
महोत्सव सम्पन्न गर्न विभिन्न ५ वटा उपसमिति गठन गरी उपसमिति मार्फत तयारीलाई तिब्रता दिइएको मूल समारोह आयोजक समितिका सचिव महेन्द्र पाैडेलले बताए ।
भगवतीटार आलु महोत्सव आयोजक समितिको आयोजनामा हुने आलु महोत्सवको मूख्य उद्धेश्य भगवती टारको जग्गा आलुको लागि अति नै उर्वरा भूमि भएको यस क्षेत्रलाई मादी गाउँपालिकाको पकेट एरियाको रुपमा विकास गर्ने मूख्य उद्धेश्य रहेको पाैडेलले बताए ।
भगवतीटारमा अर्गानिक आलु उत्पादन हुन्छ भन्ने स्थानको पहिचान गर्नुका साथै आगामी दिनमा संघिय सरकारसँग मादीको पानीलाई प्रयोग गर्दै सिंचाइको व्यवस्था गरी आलुको अलवा अन्य तरकारी तथा फलफुल उत्पादन गर्ने पनि योजना रहेको उनले बताए । यस महोत्वसले यस क्षेत्रका कृषकहरुको आय आर्जनमा समेत थप टेवा पुग्ने विश्वसा आयोजकले लिएको छ ।





प्रतिक्रिया दिनुहोस