गुराँस लाइफ इन्स्योरेन्स्ले दियो मृत्यु दाबी भुक्तानी
707 Views
पोखरा । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय पोखराले मृत्यु दाबी भुक्तानी गरेको छ।
दुई बर्ष अगाडी जीवन बीमा गर्नुभएका बीमीत सुदिप गौतमको परिवारका सदस्य कविता अर्याललाई कम्पनीका बरिष्ठ क्षेत्रिय मार्केटिङ अधिकृत श्याम प्रसाद तिमिल्सेनाले २८ लाख ९७ हजार ३ सय २४ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन ।

मर्दि ट्रेकका पायोनियर ब्यक्तिको रुपमा चिनिएका पर्यटन ब्यवसायी गौतम मर्दि हाइक्याम्पमा रहेकोे होटलको खानेपानी पाइप मर्मत गर्न जाँदा गत असोज महिनामा लडेर मृत्यु भएको थियो।
उक्त कार्यक्रममा कम्पनीका सिनियर एजेन्सी मेनेजर लक्ष्मण भट्टराई ,एजेन्सी मेनेजर रोमहर्षण पौडेल, एजेन्सी मेनेजर सुरेन्द्र मोहन अधिकारी, एजेन्सी लिडर बिकल तिमिल्सेना, लिडर मनिषा खाँण लगायतले बोलेका थिए ।





प्रतिक्रिया दिनुहोस