अनुशासनको तराजुमा सदाचार(डा. गाेविन्द टण्डन)
307 Views
हरेक महापुरुषमा आ–आफ्नै प्रकारका आनीबानी, शीलस्वभाव र विशेषता अन्तर्निहित हुन्छन्। सबैमा पाइने मूल गुण भनेको उनीहरूमा विद्यमान दृढप्रतिज्ञा, उत्साह र निरन्तरको साधनाचाहिँ समान हुन्छ । बिना उत्साह, कार्यप्रतिको निष्ठा र आफूप्रतिको विश्वास नभई कोही पनि कार्यक्षेत्रमा अगाडि बढेर सफलतालाई चुम्न सक्दैन या भनौँ लक्ष्यमा पुग्न सक्दैन। सफलता चाहने व्यक्ति जुन कार्यलाई आफ्नो हातमा लिन्छन्, त्यसलाई अदम्य उत्साह साथ कहीँ बिराम नलगाई पूर्ण गरिछाड्छन्। यस्तै सफलताले उनीहरूमा गति ल्याउँछ, जोस र जाँगर पनि अरू विकसित हुँदै गइरहेको हुन्छ।
जो व्यक्ति चाहे भौतिक समुन्नति होस् या आध्यात्मिक प्रगति चाहन्छ, उसले सदैव विचार गर्नुपर्ने विषय भनेकै उत्साहलाई कदापि मर्न दिनु हुँदैन। अझ त्यसलाई अरू जागृत कसरी तुल्याउने ?त्यसतर्फ चिन्तन गर्नुपर्छ। नत्र निराशाको बादल स्वतः मडारिन थाल्छ, जसको अर्थ हुन्छ गन्तव्यहीन यात्रा! संसारमा निराशावादी मानिसको कुनै कमी छैन। उनीहरू भन्ने गर्छन् अहिले समय कहाँ छ ? त्यस्तो कार्य गर्नलाई या अहिले त्यो काम गर्ने बेलै होइन। हेरुँ न अरूले के गर्छन्, के भन्छन्। यस्तो समय पछि पनि आइहाल्छ नि आदि आदि। त्यस्ता व्यक्ति जीवनलाई सधैँ व्यर्थ, बेकम्मा र अनुपयोगी, परिस्थितिलाई प्रतिकूल र सबै प्रयासलाई निरर्थकको पगरी लगाइदिन कत्ति पनि पछि पर्दैनन्। बरु जीवनभर रुन, कराउन, पश्चाताप गर्न र त्यस्तै परे अरूलाई आक्षेप लगाउन, सिकायत मात्र गरिराख्न तयार हुन्छन्। उत्साहसाथ जीवनलाई अघि बढाउनुपर्छ भन्ने विषयमा सोचै राख्दैनन्। १.आफ्नो छिमेकका छिमेकी र वरपरका सबै मानिसप्रति त्यस्ता व्यक्ति सदैव रुष्ट हुन्छन्। अरूको प्रगतिलाई त एउटा आँखाले पनि देख्न सक्दैनन्। अरूले राम्रो काम गरेकोमा सधैँ नकारात्मक टिप्पणी मात्र हुन्छ। उनीहरूको मुखबाट सकारात्मक शब्द झर्न पनि साइत कुर्नु पर्नेजस्तो भइदिन्छ। हिजोआज यस्ता हुतिहाराको सङ्ख्या दिनानुदिन बढदो छ। १ रुपियाँ/पैसा नभएर या शिक्षा/दीक्षा नभएर या अनकन्टार ठाउँमा बसेर पो यसो भएको हो भनौँ भने उनीहरूसँग धनको कुनै कमी छैन, सुदूरगाउँ/बस्तीबाट आएका होइनन्, सहर/बजारमै ठूल्ठूला महल/भवनमा उनीहरू बस्छन् तर चिन्तन, सोच र विचारमा सङ्कीर्णताको कारण, यस्ता व्यक्तिहरू अलमलमै जिन्दगीलाई बरबाद पार्न उद्यत हुन्छन्। यस्ता सोचाइ राख्नेहरूको सङ्गतमा कोही पर्यो भने उसमा आउने नैराश्यता र नकारात्मक सोचाइको कारण कुनै पनि राम्रो कामलाई प्रशंसा, नराम्रो कामलाई आलोचना गर्न सक्ने अवस्थामा हुँदैनन्। बरु अरूलाई पनि आफूजस्तै बनाउन सक्रिय भइरहेका हुन्छन्।
यसको विपरीत सकारात्मक सोच भएको, केही राम्रो काम गरेर देखाऔँ भन्ने चिन्तन भएका व्यक्तिको हृदयमा भने सदैव आशा, उत्साह र निष्ठाका तरङ्ग सदैव सल्बलाइरहेका हुन्छन्। आशावादी मानिस प्रायः दुई प्रकारका हुन्छन्– बुद्धिमान् र सामान्य।
बुद्धिमान् र आशावादी व्यक्ति के विश्वास राख्छ भने संसार सुन्दर र उत्कृष्ट छ। मानिसकै कारण केही कमीकमजोरी जे छन् ती सबैलाई चेतनाको दियो बालेर चाहेको जस्तो अरू सुन्दर विश्वनिर्माण गर्न सकिन्छ भनेर आफ्नो कर्तव्यपथमा हिँडिरहेको हुन्छ। त्यस्ता व्यक्तिको स्वभाव नरम, भद्र र शालीन हुन्छ। उनीहरू कसैलाई पीरपिराउ दिन कहिल्यै अघि बढ्दैनन्। बरु आफू दुःख, कष्ट बेहोरेर अरूका लागि के गर्दा हित÷कल्याण हुन्छ भनी योजना बनाउन, कार्यक्रमका विविध उपाय तर्जुमा गर्न र व्यावहारिक रूपमा सोचेको कार्यलाई कार्यान्वयनको स्तरमा ल्याउन खटिरहेको हुन्छ।
यस्ता प्रकृतिका व्यक्ति आफ्नो जीवन सुन्दर र असल बनाउन कसरी आफूलाई अरू परिष्कृत तुल्याउने भन्नेमा दत्तचित्त हुन्छन्। आफूमा जे जति कमीकमजोरी, दोष होलान्, ती सबैलाई सुधार गरेर जीवनलाई साँच्चैको सर्वोत्कृष्टताको बाटोमा रूपान्तरण गर्न तयार हुन्छन्। उनीहरू बहानाबाजी गर्दैनन्। गरेरै देखाउँछन्। आजसम्म विश्वमा जे जति असल, राम्रो, उत्कृष्ट कार्य भएका छन्, ती सबै यस्तै प्रकारका बुद्धिमान्, उदार सोच र विशाल हृदय भएका मानिसकै कारण सम्भव भएको हो।
यस प्रकारको स्वभाव भएका व्यक्ति जे चाहन्छन्, त्यसलाई प्राप्त गरेरै छाड्छन्। उनीहरूलाई सफलता कसरी प्राप्त गर्न सकिन्छ भन्नेबारे राम्रो ज्ञान हुने भएकाले जति पटक राम्रो कामलाई अगाडि बढाउँछन्, त्यति नै पटक सफलता हासिल गर्छन्। यसको कारण हो उनीहरूमा अधिक उत्साह, उमङ्ग, निष्ठा र आफूप्रतिको विश्वास छ। फलतः हरेक कार्यमा त्यस्ता व्यक्तिहरू झन् झन् उत्साहित हुँदै अनन्य राम्रा कार्य गर्दै जाँदा अरूले पनि त्यसबाट सुख, शान्ति र आनन्दको अनुभूति गर्न पाउँछन्। समाज र राष्ट्र उनीहरूबाट अनुगृहित भएको हुन्छ।
यस्तै कार्यबाट हो संसारले निरन्तर अधिकाधिक आनन्दको मार्गमा अग्रसर हुने बाटोलाई पहिल्याउने! यस्ता व्यक्ति आफ्नो उत्साहको कारण के होला जान्नेतर्फ ध्यान दिनै पाएका हुँदैनन्। बरु आफ्नो शीलस्वभाव, चरित्र र बहुउपयोगी कार्यको सफलताबाट प्राप्त प्रकाशद्वारा सम्पर्कमा आउने अरूहरूले पनि दिव्यताको अनुभूति गर्न पाउँछन्। यसैगरी बिस्तारै बिस्तारै अरूहरू पनि जोडिन पुग्छन्। संसारमा असल व्यक्तिको सङ्गत कसलाई चाहिएको छैन ? असल व्यक्तिको चाहना कसलाई हुँदैन ?
यस्तो पनि नहुन सक्ने होइन कि आशा, उत्साह, उमङ्गलाई थेग्न सकिएन र तिनलाई निरन्तरता दिन सकिएन भने शिथिल अवस्थामा गुजिँ्रदै गएको मनस्थितिले मानिसलाई अगाडि बढ्नै दिँदैन। त्यस्तो व्यक्ति हातमा लिएको कामलाई बीचैमा छोडेर अरू नयाँ कार्यमा मन दिन्छन्। त्यहाँ निष्ठाको कमी, समर्पित भावनाको अभाव देखिन थाल्छ। नयाँ कार्यमा पनि निरन्तरता एवं उत्साह, उमङ्गको कमी हुने हो भने जीवनको अन्तमा देख्नेछौँ कि हाम्रा सबै कार्य एकपछि अर्को गर्दै सबै अधुरै रहनेछन्। त्यसपछि कहिलेकाहीँ मिल्ने फुर्सदको समयमा जीवनमा भएको उत्साहजनक प्राप्तिलाई गुणान÷भाग गरेर हेर्दा ‘हातमा लाग्यो शून्य’ बाहेक केही प्राप्त हुने छैन। यस्तै निस्सारताले हो कसैका लागि जीवन बोझ बन्न पुग्छ, जिन्दगानी पट्यारलाग्दो





प्रतिक्रिया दिनुहोस