लायन्स क्लब अफ पोखरा टुरिजम सिटीको अध्यक्षमा घनश्याम गौतम निर्वाचित
79 Views
पोखरा । लायन्स क्लब अफ पोखरा टुरिजम सिटीको सम्पन्न निर्वाचनबाट लायन घनश्याम गौतम अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। निर्वाचनबाट प्रथम उपाध्यक्षमा कविता योञ्जन लामा, सचिवमा सन्तोष बस्याल तथा कोषाध्यक्षमा ईश्वर सुवेदी (दयराम) निर्वाचित हुनुभएको हो।
ग्याट कोअर्डिनेटर लायन सुजन श्रेष्ठको प्रमुख आतिथ्यता तथा क्लबका पूर्व अध्यक्षहरू लायन निरज पन्त, लायन एकराज गिरी र लायन सञ्जय मल्लको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरिएको थियो। कार्यक्रम लायन वर्ष २०२६/२७ का जोन चेयरपर्सन डा. जसपाल पाख्रिन तामाङको सभाध्यक्षतामा सम्पन्न भएको थियो।
निर्वाचित अध्यक्ष लायन घनश्याम गौतमले क्लबका सम्पूर्ण पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गर्दै आफूलाई नेतृत्वको जिम्मेवारी प्रदान गरेकोमा क्लब परिवारप्रति आभार प्रकट गर्नुभयो। उहाँले आगामी लायन वर्ष २०२६/२७ मा क्लबलाई अझ प्रभावकारी, परिवर्तनमुखी तथा चुस्त-दुरुस्त बनाउँदै सामाजिक सेवाका गतिविधिहरूलाई थप सशक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा निवर्तमान अध्यक्ष डा. जसपाल पाख्रिन तामाङले नवनिर्वाचित पदाधिकारीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै क्लबको निरन्तर प्रगति र सेवामूलक अभियानमा नयाँ नेतृत्वले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
नयाँ नेतृत्व चयनसँगै क्लबले आगामी कार्यकालमा सामाजिक सेवा, मानवीय सहयोग तथा समुदाय विकासका कार्यक्रमहरूलाई थप प्रभावकारी ढंगले सञ्चालन गर्ने अपेक्षा गरिएको छ।





प्रतिक्रिया दिनुहोस