चौबिस घण्टामा थपिए करिव ८ लाख को’रोनाका नयाँ सं’क्रमित, १६ सय २७ जनाको मृ’त्यु
526 Views
काठमाडौं, ५ साउन, पछिल्लो चौबिस घण्टामा विश्वमा को’रोना भाइरसका ७ लाख ९१ हजार ४७ जना नयाँ सं’क्रमित थपिएका छन् । यो सँगै विश्वमा को’रोना भाइरस सं’क्रमित हुनेको संख्या ५७ करोड ४ लाख ८७ हजार ८८९ पुगेको छ ।
वल्डोमिटर्सका अनुसार बितेको चौबिस घण्टामा अमेरिकामा १ लाख ५ हजार ४७५ जना नयाँ सं’क्रमित थपिएका छन् ।
यस्तै, सोही समयमा ब्राजिलमा ५६ हजार २५४, भारतमा १६ हजार ४३, फ्रान्समा ८९ हजार ९८२, इटालीमा ८६ हजार ६७ र दक्षिण कोरियामा ७६ हजार ३७८ जना नयाँ सं’क्रमित थपिएका छन् ।
को’रोना भाइरस सं’क्रमणका कारण पछिल्लो चौबिस घण्टामा विश्वमा १ हजार ६२७ जनाको मृ’त्यु भएको छ । योसँगै कोरोनाका कारण मृ’त्यु हुनेको संख्या ६३ लाख ९३ हजार ८७५ पुगेको छ ।
विश्वमा को’रोना सं’क्रमित भएकामध्ये हालसम्म ५४ करोड १५ लाख २५ हजार ९६२ जना निको भइसकेका छन् ।





प्रतिक्रिया दिनुहोस