बस दु’र्घटना, ११ जनाको मृ’त्यु
384 Views
एजेन्सी
इस्लामाबाद, २९ असार, पाकिस्तानमा बस दु’र्घटना हुँदा ११ जनाको मृ’त्यु भएको छ । उत्तरपश्चिम पाकिस्तानमा मंगलबार पहाडी सडकबाट बस चिप्लिएर खाल्डोमा खस्दा कम्तीमा ११ जना आन्तरिक पर्यटकको मृ’त्यु हुनुका साथै दुई जना घा’इते भएका हुन् ।
खैबर पख्तुनख्वा प्रान्तको स्वात उपत्यकाको गेबिन जब्बा नजिकैको रमणीय लालको उपत्यकामा सो दुर्घ’टना भएको हो । मृत्यु भएका ११ व्यक्ति स्वात उपत्यकाको मट्टा तहसीलका बासिन्दा भएको बताइएको छ । उनीहरु यात्रापछि घर फर्किने क्रममा दु’र्घटनामा परेका थिए । पुराना सडक, चालकको लापरबाही आदि कारणले पाकिस्तानमा बारम्बार सडक दु’र्घटना हुने गरेका छन् ।
दु’र्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।





प्रतिक्रिया दिनुहोस