बुलफाइटका क्रममा स्ट्यान्ड भत्किँदा चार जनाको मृ’त्यु
401 Views
एजेन्सी
बोगाटा, १३ असार, मध्यकोलम्बियामा बुलफाइटका क्रममा एउटा स्ट्यान्ड भत्किँदा कम्तीमा चार जनाको मृ’त्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् । मृ’त्यु हुनेमा दुई महिला, एक पुरुष र एक बालक छन् । उक्त घ’टना कम्तीमा ३० जना ग’म्भीर घा’इते भएका छन् ।
भिडियो फुटेजमा एल एस्पिनल रंगशालामा दर्शकहरूले भरिएको तीन तले काठको स्ट्यान्ड खसेको देखिन्छ ।
परम्परागत ‘कोरलेजा’ कार्यक्रममा सर्वसाधारणको आकर्षण बढ्दो छ । राष्ट्रपतिमा निर्वाचित गुस्ताभो पेट्रोले स्थानीय अधिकारीहरूलाई त्यस्ता कार्यक्रमहरूमा प्रतिबन्ध लगाउन आग्रह गरे ।
‘मानिसहरू वा जनावरहरूको मृ’त्यु हुने घ’टनाहरूलाई अनुमति नदिन म मेयरहरूलाई आग्रह गर्दछु’, उक्त घटनापछि उनले भने । यस्तो दु’र्घटना पहिलो पटक नभएको पनि उनले बताए ।





प्रतिक्रिया दिनुहोस