जब केट मिडलटन शिरदेखि पाउसम्म आर्मी गियरमा प्रकट भइन
393 Views
एजेन्सी
लन्डन, १३ असार, बेलायतको सशस्त्र बल दिवसमा बेलायती राजकुमार विलियमकी पत्नी डचेस अफ क्याम्ब्रिज केट मिडलटनले पूर्ण रुपमा सैन्य पोसाक लगाएको फोटो सेयर गरेकी छिन् ।
इस्टाग्राममा सेयर गरिएको उक्त तस्बीरमा केट मिडलटन टाउकोदेखि खुट्टाासम्म आर्मी गियरमा देखिन्छन् । एउटा सैन्य उपकरणको निरीक्षण गर्ने क्रममा उनी थोरै झुकेको देखिन्छिन् । त्यसपछि पोस्ट गरिएको अर्को तस्बीरमा उनी ट्यांकमा बसेर हेलमेट लगाएकी देखिन्छिन्् । दोस्रो तस्बीरमा उनको घाँटी मात्र देखिन्छ ।
तस्बीरको क्याप्सनमा उनले लेखेकी छिन्, ‘आज सशस्त्र सेना दिवसको अवसरमा विगत र वर्तमानमा हाम्रा सबै सशस्त्र सेनामा, समुद्रमा र भूमिमा सेवा गरिरहेका बहादुर पुरुष र महिलाहरूलाई राजकुमार विलियम र म श्रद्धान्जलि दिन चाहन्छौं । हामीलाई सुरक्षित राख्नको लागि तपाईं र तपाईंका परिवारहरूले बलिदान गर्नुभएकोमा धन्यवाद । ’
उनले ब्रिटिस एकेडेमीमा सेवा गर्ने कर्मचारी र नयाँ भर्तीहरूलाई कसरी तालिम दिन्छन् भनेर हेर्नको लागि समय बिताउन पाउँदा आफूलाई गर्व लागेको बताइन् ।
‘हामी सबैको सुरक्षाको लागि सेनाले खेलेको धेरै महत्वपूर्ण र विविध भूमिकाहरू फस्ट हेन्ड देख्न पाउँदा अद्भुत थियो ’, उनले लेखेकी छिन् । केट मिडलटनका श्रीमान राजकुमार विलियम बेलायतको राजगद्दीको उत्तराधिकारीमा दोस्रो वरियताक्रममा छन् ।





प्रतिक्रिया दिनुहोस