आमाले छाडेर गएको २ वर्षे बालकको रुवाबासी
1228 Views
पोखरा, ७ चैत खोज मिडिया । दु:ख, पिडा, कस्टहरुले मानिसलाई मजबुत बनाउछन । जुन मज्बुतले गर्दा सफलताको शिखरमा पुग्नको लागि धेरै भन्दा भन्दा झोलुङ्गा बनेर मद्दत पुर्याउदछ । हो मानिसहरुले यसरीनै जीवनलाई उज्ज्वल बनाउनको लागि जीवनसँग लडाई गर्दै अगाडी बढेका हुन्छन,त्यही लडाईलाई जित पारेर सफलता पाउछन । लडाई जित्न त्यत्ति सजिलो कहाँ छ र ? दुख र पिडासंग जुदेर जीवनलाई सुखी र सन्तुस्टी पार्न पनि सजिलो कहाँ हुन्छ र ?
“हरेक ठाउँमा पुगिन्छ सफलता पाउनको लागि हरेक पीडाले चुनौती दिन्छन, कत्ति धेरै सहन सक्छौ र सफल बन्छौ भनेर तर बिडम्बना सहनै पर्ने भोक्नै पर्ने कस्तो होला मानिसको चोला ?” जीवन जिउनकै लागि हरेक पिडासंग सामना गरि बाँच्नु पर्ने यो मानिसको चोला पनि अझिवको छ । सानैमा आमाले छोडेर गईन् ति बालकलाई जुन बालक जम्मा २/३ वर्षको मात्र थिए । ति बालक आमाले छोडेर जाँदा धेरै रोएछ आमा सम्झिएर उसलाई त्यतिबेला आफ्नो बज्यु ता कि हजुरआमाले सम्झाई बुझाई फकाएर राखेछन् । तर ति बालक भने आमाको सम्झनामा धेरै दिन रोएरै बिताए उनको हजुरआमाले उनलाई तिम्रो आमा आउछ बाबु आउँछ भन्दै फकाउँदै राखेछन् ।
आज-आज भोलि-भोलि भन्दा भन्दै उसले आफ्नो आमा आउँछ भन्ने कुरालाई बिर्सिदै गएछ र आफ्नो आमा छन् भन्ने कुरा पनि उनले भुल्दै गए । उनि अलिकति उमेर बढ्दै गएपछि सबै कुरा थाह भएछ कि आफुलाई जन्म दिने आमा उनलाई छोडेर किन गए त ? उनि उमेर र दिन अनुसार बढ्दै गए ।यसरी उनि बढ्ने क्रममा उनीसंगै खेल्ने स्कुल जाने साथीहरुको घरमा कहिल्यई पनि जादैँनथ्यो। किनकि उनले आफ्नो साथीहरुलाई उनीहरुको बाबाआमाले साथीहरुलाई गर्ने माया र सदभाव देख्दा उनि भक्कानिन्थे । त्यो कुराले फेरी उसलाई आफ्नो आमाको याद दिलाउँथ्यो त्यसैले उनि आफ्नो साथीको घरमा जादैनथ्यो ।
ति बालक गाउँको सरकारी,गरिब विद्यालयमा अध्यन गर्न सुरु गरिसकेका थिए । उनको बुबा भने काठमाडौँको सहरमा बस्ने गर्थे । उनको बुबा कहिलेकसो गाउँको घरमा पुग्थे, त्यो समय उसले आफ्नो बुबासंग भन्ने गर्थे !,”बुबा म पनि काठमाडौँ जान्छु, मलाई पनि तपाई संगै लैजानुस” भनेर धेरै रुने गर्थे। बुबा काठमाडौँ फर्किदा उनि बुबासंगै जान्छु भनि बुबालाई पच्छ्याएर रोए तर उनको बुबाले उनलाई काठमाडौँ लगेनन् । उनि गाउँकै सरकारी स्कुलमा पढ्न थाले । उनको पढाई धेरै राम्रो थियो । उनि पढ्ने स्कुलमा सधै उनि टपमा आउँथे । अझै पनि उनको तस्विर त्यतिबेलाको टपमा परेको भन्दै स्कुलको भित्तामा सजाएर राखेका थिए ।
“धेरै वर्ष बित्यो स्कुल पनि नयाँ बने अहिलेत खै त्यो तस्विर राखेको छ कि फाले थाह छैन ।” त्यसपछि उनले गाउँ पनि छाडेर गए । उनि गाउँ छाडेर हिड्दा युवा अवस्थाका भईसकेका थिए ता कि उनि आफ्नो लागि आफै गरेर खान सक्ने भईसकेका थिए । काठमाडौँमा केहि गर्छु अनि पढ्छु भनि घरबाट निस्केर हिडेका ति युवक अहिले सबैको मन मुटुमा बस्न सफल बनेका छन । उनले काठमाडौँ पुगेर धेरै संघर्ष गरे गाउँबाट पनि उनि हलोजुवा बोकेर खनजोतको काम गरेर काठमाडौँ पुगेका ति युवकले विभिन्न विधाका क्षेत्रमा काम गरे ।
उनको विशेष उद्देस्य थियोकि पत्रकारिता क्षेत्रमा लागेर टेलिभिजनको पर्दा सम्म पुग्ने उनको सपना थियो । यद्दपी त्यो सपना उनको पुरा पनि भयो । “उनले सोच्ने गर्थे आफु पत्रकार बनेर टेलिभिजनमा बोल्न सके भने टेलिभिजनको पर्दामा आफुलाई जन्म दिएर छाडेर गएको आमाले उनलाई टेलिभिजनको पर्दामा देख्न सकियोस । “अनि आमाले भनुन् कि उनलाई “यो मेरो छोरा हो ।” यसरी आफ्नो आमाले देखुन् र चिनुन् भन्ने उनको अपहार सपन आखिर पुरा गराएरै छाड्यो ।
त्यसपछि उनि पत्रकारिताबाट नै अगाडी बढे र आफ्नो जन्म दिने आमासंग उनको एकदिन भेट भयो । उनि आफ्नो आमासँग भेट हुँदा उनको आमालाई कहिल्यॆ निको नहुने क्यान्सर रोगले ग्रस्त भईसकेकी थिन् । आमासँग भेट भएको केहि समयपछि उनको आमाको क्यान्सरबाट मृ*त्यु भयो । जे होस् आफ्नो आमासँग भेट्ने सपना उनको पुरा त भयो तर बिडम्वना आमासँग बसेर धेरै समय बिताउन भने पाएनन् ।
यसरी उनि आफ्नो लागि आफै गरेर खान सक्ने भएपछि आफ्नो जीवनलाई सहजै तरिकाले अगाडी बढाउन थाले । पत्रकारिता क्षेत्रबाट उनले विभिन्न विधामा कलम चलाए । उनि यसै क्षेत्रबाट बैदेशिक रोजगार तर्फ लम्किए । उनि युरोप देशको अस्ट्रेलियामा पुगेछ । अस्ट्रेलियामा पनि उनि धेरै दु:ख गर्छन । उनले नेपालको रास्ट्रिय टेलिभिजनहरुमा काम गरिसकेका थिए । अस्ट्रेलिया पुगेर उनले पाईखाना सरसफाई गर्ने काम गर्दै पढाईलाई निरन्तरता दिएर बिदेशमै रहेर पनि पत्रकारितामा काम गर्दै आईरहेका छन ।
उनको जीवन यतिबेला पहिलेको तुलनामा आकाश जमिनको फरक देखिन्छ । कुनैबेला उनि आँफु बाच्नका लागि मात्रै संघर्ष गरिरहने युवा यतिबेला अरुको दु:ख र पीडालाई अंगालेर सहयोग गर्दै पिडितहरुको जिउँदो भगवान बन्न सफल भएका छन् । उनको बुबा र आमाले उनलाई एक्लो पारेर हिडेका थिए । बुबाले अर्कै सानिमा बिहे गरेर बसेका रहेछन् । त्यसैले उनि खुल्ला आकाशको पंछी जस्तै बनेर उडेर हिड्न पाए र उनि उडेर नै आफ्नो जीवन सफलताको शिखरमा पुर्याउन सफल बनेका छन् ।
अहिले उनि धेरै संघर्ष पश्चात सफल भएको भन्दै खुसि व्यक्त गर्छन् । आफुलाई जन्म दिने बाबुलाई सम्झिदै धन्यवाद समेत व्यक्त गर्छन् । ता कि बुबा र आमाले छाडेर आफु खुल्ला आकाशमा जीवन जिउन पाउँदा आफैँलाई गर्व महसुस भएको भन्दै आफ्नो भावनाहरु कुनै संचारकर्मीसँग भलाकुसरी गर्छन् ।





प्रतिक्रिया दिनुहोस