कब्जियत हुन्छ ? कब्जियत हुनुका कारणहरूः
809 Views
काठमाडौँ, १४ फागुन खोज मिडिया । बिहान ट्वाइलेट बस्दा कति समय लाग्छ?, कत्तिको गाह्रो हुन्छ?, कत्तिको गन्ध आउँछ?, ध्यान दिनुभएको छ?
यही बिहानीबाट हाम्रो दिनको सुरुवात हुन्छ। बिहान ठीक समयमा पेट सफा हुने गरी दिसा नहुनु नै कब्जियत हुनु हो। तर दैनिक दिसा भएर पनि दिसा खलाँस भएको महसुस नुहनु, पेट भारी हुनु पनि कब्जियत हो। यसलाई अर्को अर्थमा अपच पनि भनिन्छ।
कब्जियत भए नभएको थाहा पाउने कसरी?
१. शौच गर्दा लाग्ने समय हेरेर– बिहान दिसा बस्दा करिब ३ देखि ५ मिनेटमा गरी सक्नुपर्छ। अन्यथा अपच भनेर बुझ्नुपर्छ।
२. दिसाको प्रकारले– हामीले खाएको खाना सही तरिकाले पाचन भए दिसा सेलजस्तो बाँधिएको नरम आउँछ। यदि दिसा कडा वा पातलो भएमा कब्जियत भयो भनेर बुझ्नु पर्छ।
३. दिसाको गन्धले– दिसा बस्दा नाकले कति अप्ठ्यारो महशुस गर्छ? जति चर्को गन्ध त्यति कब्जियत हुन्छ।
१. शौच गर्दा लाग्ने समय हेरेर– बिहान दिसा बस्दा करिब ३ देखि ५ मिनेटमा गरी सक्नुपर्छ। अन्यथा अपच भनेर बुझ्नुपर्छ।
२. दिसाको प्रकारले– हामीले खाएको खाना सही तरिकाले पाचन भए दिसा सेलजस्तो बाँधिएको नरम आउँछ। यदि दिसा कडा वा पातलो भएमा कब्जियत भयो भनेर बुझ्नु पर्छ।
४. मलद्वारमा कत्तिको च्यापच्याप लाग्छ हेरेर– दिसा गरिसकेपछि पखाल्दा मलद्वारमा जति च्यापच्याप लाग्छ त्यति नै भित्र फोहोर जम्मा भएको हुन्छ।
यसरी कब्जियत भए–नभएको, खाएको मिले–नमिलेको सजिलै थाहा पाउन सकिन्छ। यसका लागि कुनै अस्पताल या ल्याबमा गइरहनु पर्दैन। हाम्रो शरीर नै सबैभन्दा ठूलो ल्याब हो। खाएको मिले–नमिलेको देखिने पहिलो ठाउँ पनि शरीर नै हो। शरीरको यो सामान्य बोलीलाई मात्र ध्यान दिए हामी स्वस्थ रहन सक्छौं।
तसर्थ बिहान उठ्नेबित्तिकै करिब ३–५ मिनेटभित्र गन्धरहित, च्यापच्याप नलाग्ने, सेलजस्तो बाँधिएको मल निष्कासन भए कब्जियत छैन र खाएको राम्रोसँग पचेको छ भनेर बुझ्नुपर्छ।
कब्जियतका लक्षणहरूः
– कब्जियतको पहिलो लक्षण ठीक समयमा पेट सफा हुने गरी दिसा नहुनु हो।
– साधारणतया हामी दिसा कडा हुनु, दिसा २–४ दिनसम्म नहुनु र दिसा गर्न गाह्रो हुनुलाई मात्र कब्जियत भनेर बुझ्छौं। तर वास्तवमा दिसा बारम्बार हुनु, पातलो हुनु र दिनको तीन–चार पटक हुनु पनि कब्जियत हो।
– दिसा कडा र सुख्खा हुनु, दिनको २–४ पटक ट्वाइलेट जानुपर्ने हुनु।
– गन्हाउने दिसा हुनु।
– ग्यासको समस्या हुनु।
– धेरैबेर ट्वाइलेटमा बस्नुपर्ने हुनु।
– पेट भारी हुनु, पेट फुल्नु, शरीर लोसे हुनु।
– भोक नलाग्नु।
– आलस्य, चिडचिडापन, अनिद्रा, थकान हुनु।
– टाउको दुख्नु, वाकवाकी लाग्नु, छाती, घाँटी पोल्नु, आँखा पोल्नु।
– काममा ध्यान नजानु, रिस उठ्नु।
कब्जियत हुनुका कारणहरूः
– कब्जियत हुनुको मुख्य कारण खानामा कार्बोहाइड्रेट (भात, रोटी, ढिँडो)को मात्रा बढी हुनु, रेशा र छोक्राबोक्रासहित प्राकृतिक आहार नुहुनु हो।
– मैदाबाट बनेका, चिल्लो, तारे, भुटेका, पिरो, बढी मरमसला, गरम मसला, खुर्सानी र नुन खानाले।
– भारी खानाहरू माछा, मासु, अण्डा, दुग्ध पदार्थ बढी खानाले।
– धेरैचोटी, छिटोछिटो, राम्ररी नचपाई र बीचबीचमा कुचुकुचु खाने बानीले।
– जंक फुड, फास्ट फुड, बढी गर्मी गराउने खाना, चिया, कफी, कोल्ड ड्रिंक, तयारी पेय पदार्थ आदि धेरै खानाले।
– चुरोट, खैनी, जाड, रक्सी जस्ता नशाजन्य पदर्थ खानाले।
– खानासँग पानी पिउनाले।
– ढिलो सुत्ने र ढिला उठ्नाले
– दैनिक व्यायाम नगर्नाले
– दिसा रोक्ने बानीले
– पानीको कमीले। जसरी बाहिर फोहोर भयो भने पानीले सफा गरिन्छ, त्यसैगरी हाम्रो शरीरमा पनि खाना खाएपछि जम्मा भएको फोहोर सफा गर्न पानी चाहिन्छ। पानीको कमीले फोहोर निष्कासन हुन पाउँदैन र कब्जियत हुन्छ।
– धेरै चिन्ता, रिस, मोह, लोभ आदिले शरीरमा मानसिक तनाव बढ्छ। अनिद्रा हुन्छ जसले पाचनमा गडबडी भई कब्जियत हुन्छ।
कब्जियत पनि एक प्रकारको जीर्ण रोग हो र सबै रोगको घर पनि। कब्जियतलाई बुझ्न पाचन प्रणालीबारे बुझ्न जरुरी छ।
पाचन प्रणालीः
हामी जे खान्छौ, त्यो पाचन भएर शरीरलाई चाहिने रस सोसिएर बाँकी अंश (मल) बाहिर निष्कासन हुनुपर्छ। यो काम २४ घन्टामा हुनुपर्छ। समयमा मल निष्कासन नभएमा के हुन्छ? कुहिन्छ।
कुहिएपछि दुर्गन्ध फैलिन्छ। त्यसबाट ग्यास बन्छ। ग्यासको स्वभाव माथिमाथि उठ्नु र फैलनु हो। त्यो दुर्गन्धित ग्यास फैलिएर शरीरका सबै अंगमा पुग्छ र अंगहरूको काममा बाधा पर्छ जसलाई हामी रोग भन्छौं।
त्यसैगरी त्यही कुहिएको मल आन्द्रामा पुग्छ। आन्द्राको काम बाँकी रस सोस्नु हो। आन्द्राले त्यो कुहिएको रस सोसेर रगतमा मिसाउँछ र रगत फोहोर हुन्छ। तसर्थ रोगको मूल नै कब्जियत हुनु हो। त्यसैले कब्जियतलाई रोगको जननी भनिन्छ। कब्जियतबाटै मोटोपन र मोटोपनपछि अन्य जीर्ण रोग सुगर, प्रेसर, बाथ, दम, मुटुरोग, टाउको दुख्ने, रगतमा कोलेस्टेरोल बढ्ने आदि हुन्छ।
कब्जियत तीव्र रूपमा भएसम्म निको हुन सजिलो हुन्छ। तर जब कब्जियत जीर्ण हुन्छ तब निकै कष्टकर हुन्छ। यसले दिसा बस्दा निकै पीडा हुने, मलद्वारमा घाउ हुने, रगत देखा पर्ने र पछि गएर पायल्स, फिस्टुला लगायत अरू स्वास्थ्य समस्या आउँछ।
त्यसैले कब्जियत हुन नदिनु भनेको शरीरमा आउने स्वास्थ्य समस्या तीव्र रोग (रुघा, खोकी, ज्वरो, वान्ता, घाउ-खटिरा) लगायत मोटोपनदेखि अधिकांश जीर्ण, दीर्घ रोगबाट मुक्त हुनु हो।
कब्जियत जति चर्को भए पनि यसलाई हटाउन सकिन्छ। यसका लागि हामीले दैनिक गर्ने केही कुरामा ध्यान दिनुपर्छ।
कब्जियत हुन नदिन दैनिक आहार कस्तो हुनुपर्छ?
अहिले संसारभर पोषक आहार चाहिन्छ भनेर बढी ध्यान दिइन्छ। तर जुनसुकै आहार खाए पनि पाचनका लागि निष्कासक आहार उत्तिकै चाहिन्छ। त्यसैले दैनिक खानामा पाचनका लागि ६० देखि ७० प्रतिशत निष्कासक आहार आवश्यक पर्छ।
निष्कासक आहारहरूः
१. चोकरसहितका अन्न
२.सबै खाले हरिया सागसब्जी
३. काँचो सलाद फलहरू
हामीले खाने दैनिक आहारमा यी खाना प्रशस्त हुनुपर्छ। प्रकृति प्रेमी निरोगधामले यी तीनथरी आहारको मिश्रणलाई ‘तीन बराबर आहार’ का रूपमा प्रस्तुत गरेको छ। यी तीनथरी मिलाएर खाँदा शरीरलाई चाहिने रेशा-छोक्राबोक्रा प्रशस्त मिल्छ र कब्जियत हुन पाउँदैन।
खाना खाने उचित तरिकाः
नास्ताः यदि बिहान ९–१० बजे खाना खाने हो भने नास्ता नलिने। तर खाना ढिलो (११–१२) बज्छ भने लिने। नास्तामा हल्का आहार, फलफूल वा ताजा तरकारीको सुप लिने।
बिहानको खानाः बिहानको खाना ९–१० बजे लिने। हामीले खाने खानामा कार्बोहाइड्रेट, एक दलीय अन्न (भात, रोटी, ढिँडो, च्याँख्ला) आदि जति लिइन्छ, त्यत्तिकै मात्रामा हरिया तरकारीहरू- करिब ३०० ग्राम र काँचो सलाद करिब १५० देखि २०० ग्राम लिने। मोटोपन धेरै छ भने कार्बोहाइड्रेट अर्थात खानाको मात्रा २५ प्रतिशत कम गर्ने।
दिउँसोको खानाः बिहान ९–१० बजे भित्र खाना खाँदा खाजा दिउँसो २–३ बजेभित्र लिने। नास्तामा मौसम अनुसारका फलफूल अथवा ताजा तरकारीको सुप लिने।
बेलुकीको खानाः बेलुकी ७–८ बजेभित्र खाना खाने। बेलुकीको खाना बिहानजस्तै लिने। तर ध्यान दिनुपर्ने कुरा, दिउँसो टन्न खाजा खाएको छ भने बेलुकी हल्का फलफूल अथवा तरकारी मात्र लिने। बेलुकी कहिल्यै पनि भरी खानेकुरा नखाने।
माछा, मासु अण्डा, दुग्ध पदार्थः प्रोटिनका लागि खाने यी मांसाहारी आहारहरू पाचन अनुकूल नहुने र रेशा-छोक्राबोक्रा नहुनाले सही तरिकाले पच्न पाउँदैन र कब्जियत हन्छ। त्यसैले यी आहार नखाँदा कब्जियत चाँडै हट्छ।
प्रोटिनका लागिः टुसा उमारिएका दाल, गेडागुडी र सुख्खा फल लिन सकिन्छ। तर चर्को कब्जियत र मोटोपन भएकाले केही समय यी खाद्यान्न पनि नलिनु उपयुक्त हुन्छ। लिनै परे खाने अन्नको १० प्रतिशत मात्र लिने।
पानीको प्रयोगः
– बिहान उठ्नेबित्तिकै करिब १ लिटर मनतातो पानी पिउने।
– खाना र खाजा खाएको एक घन्टा अघि र पछि मात्र पानी पिउने। कुनै पनि ठोस आहारसँग पानी नलिने।
– दिउँसो प्रति घन्टा एक-एक गिलासका दरले पिउने।
– राती सुत्दा १ गिलास मनतातो पानी पिएर सुत्ने।
पानी सामान्यतः चिसो पिउनु उत्तम हुन्छ। तर रुघाखोकी, कफ सम्बन्धी समस्या भए मनतातो पिउने। धेरै पोल्ने पानीले कब्जियत हुन्छ। त्यसैले पानी मनतातो मात्र लिने।





प्रतिक्रिया दिनुहोस