अर्घाखाँचीमा कोभिडबाट मृत्यु हुनेको संख्या ९१ पुग्यो
1043 Views
अर्घाखाँची, १४ पुस, खोज मिडिया । अर्घाखाँची जिल्ला अस्पतालमा आज एकजना कोभिड-१९ संक्रमितको ज्यान गएको छ ।
कोभिड संक्रमण भएपछि अस्पतालमा उपचाररत जिल्लाको मालारानी गाउँपालिका वडा नं. ७ हँसपुरका एकजना वृद्धको आज ज्यान गएको हो ।
ज्वरो, निमोनिया, दम र स्वासप्रस्वासको समस्या रहेका ७१ वर्षीय वृद्धको ज्यान गएसंगै अर्घाखाँचीमा कोभिडबाट ज्यान गुमाउनेको संख्या ९१ पुगेको छ ।





प्रतिक्रिया दिनुहोस