रौतहटमा आगजनी हुँदा ३ बर्षिय बालिका मृ*त्यु
1117 Views
ललन कुमार चौरसिया
रौतहट ६ पुस खोज मिडिया । रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा नं.१ रगिनीयामा एक बालिकाको मृ)त्यु भएको छ। सोही गाउँमा बस्ने मदन यादवका घर नजिकै सोही ठाउँ निवासी रामविश्वास राय यादवले आफ्नै खालि जग्गामा धान काटेर थुपारी राखेको धानमा आगो लागे पछि ३ बर्षिय बालिका आराध्य कुमारी यादवकी मृ*त्यु भएको छ।
केटाकेटिले धान नजिकै आगो सल्काई आगो संग खेलिरहेको अवस्थामा अचानक थुपारी राखेको धानमा आगो लेगेको थियो। सो आगो बाट थुपारीको धान नजदिक मदन यादवको फुसको घर पुर्ण रुपले जलेर नष्ट भएका छन्। आगो बाट करिब २००००० (दुई लाख) बराबरको छति भएको र रामविश्वास राय यादवको १ विघा खेतको काटेर थुपारी राखेको धान पुर्न तरिकाले जलि नष्ट भएका छन्।
आगलगीमा परी सोही गाउँका संजिव साहको छोरा अन्दाजी २ वर्षको रोहित साह जलेर गम्भीर घाईते भएका छन्। बालक साहलाई उपचारको लागि विरगंज लगेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएका छन्| आगलागी हुँदा आगोलाई नियन्त्रणमा लिनको लागी वारुण यन्त्र, स्थानिय, सुरक्षाकर्मिहरुको सहयोगमा १५:४० बजे उक्त आगो पुर्ण रुपमा नियन्त्रणमा लिएको प्रहरीले बताएँका छन्।





प्रतिक्रिया दिनुहोस