अशिम लोप्चन तामाङ ‘राष्ट्रिय सेवा सम्मान’ बाट सम्मानित
862 Views
काठमाडौँ,१६ फागुन । युवा नेता एंव नेपाल पत्रकार महासंघ युरोप शाखाको उपमहासचिव अशिम लोप्चन तामाङ ‘राष्ट्रिय सेवा सम्मान’ बाट सम्मानित भएका छन ।
बिरिसु मिडिया प्रा.लि.ले बुधवार काठमाडौँको चलचित्र बिकास बोर्डमा आयोजित ‘तेस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०८१ तथा सम्मान कार्यक्रम’ मा उनी सम्मानित भएका हुन । प्रवासी भूमिमा रहेर पनि नेपाली पहिचानलाई उजागर गर्न र गरिरहेको कार्यको कदर स्वरूप अथक समाजसेवा, नेपाली समुदायको हितमा समर्पित योगदानको निम्ती उनलाई’राष्ट्रिय सेवा सम्मान’ प्रदान गरिएको आयोजकले जानकारी दिएका छन् ।
काभ्रे जिल्ला खानिखोला वडा नं ४ बाँसघारी मा बुवा भिम बहादुर लोप्चन र आमा माईलि माया लोप्चनको कोखबाट जन्मनु भई बिगत ४ वर्षदेखी प्रवासमा बस्दै आएका छन । उनी नेपाल पत्रकार महासंघ युरोप शाखाको उपमहासचिव पदमा छन । स्पेनमा रहेर नेपाल र नेपालीको सुख दु:मा साथ दिनु भई निरन्तर समाजसेवामा लाग्दै आएका छन । विदेशमा रहेर पनि नेपाली समुदायलाई एकत्रित गर्ने, उनीहरूको हक, अधिकारको रक्षा गर्ने, आपतकालीन परिस्थितिमा सहयोग गर्ने, नेपाली भाषा र संस्कृतिको जगेर्ना गर्ने, सामाजिक तथा परोपकारी कार्यमा सक्रिय रहने जस्ता विशिष्ट योगदानका अतुलनीय रहेको छ ।
चावहिलको चलचित्र विकास बोर्डमा गणतन्त्र नेपालका पहिलो उपराष्ट्रपति सम्माननीय परमानन्द झाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । अवार्ड कार्यक्रममा समाजमा विशिष्ट योगदान दिने व्यक्तिहरुलाई सम्मान पनि प्रदान गरिएको थियो । बिरिसु मिडिया प्रा.लि का प्रबन्ध निर्देशक नरेन भट्टराईले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नेकपा समाजवादीका केन्द्रिय सदस्य सांगीता तामाङ, युवा नेता एंव खानीखोला गाउँपालिका वडा नं ४ का वडाध्यक्ष निशान मोक्तान, युवा नेता मिलन थापा रहेका थिए । कार्यक्रममा नारी टेलिसिरियलका कलाकार टिमको विशेष उपस्थिती रहेको थियो । कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै सम्माननीय परमानन्द झाले निजी संस्थाहरुले सम्मान र अवार्ड कार्यक्रम गरेर नयाँ पुस्ताका कलाकारलाई हौसला प्रदान गरेको र पुराना
कलाकारहरुलाई सम्मान गरेकोमा खुशी व्यक्त गरे । उनले बिरिसु मिडियाको प्रशंसा गर्दै भने, ‘सरकारी तहबाट गर्न नसकेको काम निजी संस्थाले आँटेर गरेको छ । यो राम्रो कामको खुलेरै प्रशंसा गर्छु ।’ बिरिसु मिडिया प्रा।लिका निर्देशक एंव कार्यक्रम संयोजक सुस्मिता स्याङ्तानले अवार्ड कार्यक्रम भव्य रुपमा सफल भएको र नेपालको इतिहासमै सबैभन्दा बढी समेटिएको बताइन ।
कार्यक्रममा त्रिशक्ती डान्स ग्रूपका कलाकार, मोडल म्हेन्दो घिसिङ र सिर्जना घिसिङले नृत्य प्रस्तुत गरेका थिए भने गायक कृष्ण राज भण्डारीले आफ्नो गीत प्रस्तुत गरेका थिए । कार्यक्रमको निर्णयक मनोज डंगोल, सिवन पोखरेल र मिन सागर लामा रहेका थिए । कार्यक्रममा सभापति त्व बिरिसु मिडिया प्रालिका अध्यक्ष विवेक लोप्चनले गरेका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी कर्म लामा लोले गरेका थिए । कार्यक्रममा कलाकार, पत्रकार एंव विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिती रहेको थियो ।





प्रतिक्रिया दिनुहोस