भोलि जेठ ३२ गते भिरकोटमा भुमि जात्रा मेला लाग्दै
133 Views
रोमन लामा
रामेछाप ३१ जेठ खोज मिडिया, रामेछाप जिल्ला सुनापति गाउँपालिकाको वडा नं-५, भीरकोटमा सदाको वर्ष झैँ यस वर्ष पनि भुमि जात्रा मेला यहीँ जेठ ३२ गते हुने भएको छ। यहाँ मनाउने गरेको भुमि पुजाको नियम अनुसार जेठ २४ गते बिहिबार भुमि सेरगेम, जेठ २९ गते मंगलबार हरिसिद्धि पुजा, जेठ ३१ गते भुमि पुजा गरिकन यो पुजाको अन्तिम दिन जेठ ३२ गते शुक्रबारको दिन भुमि जात्रा गरी यो पर्व मनाउने प्रचलन रहेको जानकारी भुमिस्थान भुमिदेवी संरक्षण समितिको अध्यक्ष राजु लामाले बताउनु भएको छ।
३२ गते हुने भुमि जात्रा मेलामा बिभिन्न व्यापारिक स्टलहरू पनि रहनेछ छ। त्यहाँका स्थानियका अनुसार धेरै वर्ष पहिले इमान सिंह मोक्तानले मूल पुजारी भइकन पुजाको काम गर्ने गरेको थियो उहाँको मृत्यपछि सय बहादुर तामाङ र कान्छाराम मोक्तानले सो भुमि पुजाको कार्यलाई निरन्तरता दिदै आएकोमा हाल आएर स्थानीय वाङ्गगेल मोक्तानले सो पुजाको जिम्मेवारी लिदै आउनुभएको छ।
उक्त भुमि जात्रा मेलामा स्थानीय संस्कृति झल्कने झाँकी, ताम्बाबाट भुमि साङ सेर्गेम र मौलिक भाकामा तामाङ फापारे जुहारी व्हाई (गित) साथै नेवारी तथा मगरहरूले आफ्नै मौलिक भाकामा असारे गीतहरु गाउनेछन् । सो कार्यक्रममा तामाङ सेलो जुहारी कलाकार संघको कलाकार शैलुङ्गे पोङ्दिला च्याङ्बा प्रबल बल, बल बहादुर घिसिङ र पोखरी लापसाङ्ग ग्याबा संघ वाङथली साइली थोकर अनि शोभा वाइबा मण्डने माइलीको घाम्सा घाम्सी तामाङ सेलो जुहारी गीतहरुको प्रस्तुति त्यसैगरी ताम्बा सत्तल सिंह तामाङ लगायत उहाको टोलीहरूले पनि बेजोड प्रस्तुति दिने कार्यक्रम रहेको जानकारी त्यहाँको स्थानीय उत्तमलाल तामाङले खोज मिडियासँग बताउनु भएको छ।
प्रतिक्रिया दिनुहोस